back
NMB ad

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

Kumari bank ad

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याकं संकलन सुरु गरेको छ ।

तथ्य र तथ्याकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याकं संकलन गरेर डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण– २०७८ शुरु गरेको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले एक पटक यस्तो डाटाबेस तयार भएपछि नियमित रुपमा अद्यावधिक गरिने बताउनुभयो ।

संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरुको सबै र बाँकी अन्य उद्योगहरुको समेत तथ्याकं संकलन गरिने संगठनका महानिर्देशक चुडामणी भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगका विविध आयामहरु समेटिएका करिब १०० वटा प्रश्नहरु सहित ५ जनाले तथ्याकं संकलनका लागी सबै उद्योग प्रतिष्ठानहरुमा पुग्ने बताइएको छ ।

संगठनले तथ्याकंको गुणस्तरियतालाई मध्येनजर गर्दै गणकहरुका लागी २ दिनको तालिम समेत सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरुले मोवाइल एपबाट तथ्याकं संकलन गर्ने र संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइन बाटै मोनिटर गर्न सकिने छ ।

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसंगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्याकं संकलन असोज भित्र सक्ने र मंसिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने बताइएको छ ।

संगठनले तथ्याकं सकंलनका लागी खटि आउने संगठनका प्रतिनिधिहरुलाई आफ्नो उद्योग व्यवसायसंग सम्बन्धीत यथार्थपरक सूचना एवं तथ्याकं उपलब्ध गराई संगठनको औद्योगिक तथ्याकं र डाटाबेस तयार गर्ने भएकोले त्यो अभियानमा सहयोग गर्न सदस्य उद्योग प्रतिष्ठान एवं सरोकारवाला सबैमा आग्रह गरिएको छ ।

वि.सं.२०७८ असोज १० आइतवार १६:२६ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....