back
Mega Long Ad

आजदेखि मानुषी लघुवित्तको आईपीओ कारोबार हुने, यस्तो छ ओपनिङ्ग रेञ्जको संकेत

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार सूचीकृत भएको छ ।

योसंगै कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउने भएको हो । नेप्सेमा अनुसार संस्थाको १० लाख ९३ हजार ७ सय ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

संस्थाको आइपीओले प्रति कित्ता १३२ रुपैयाँ ६९ पैसादेखि ३९८ रुपैयाँ ०७ पैसासम्म ओपनिङ रेञ्ज पाएको छ । यही भित्र रहेर पहिलो कारोबार हुनेछ ।

संस्थाले साउन २७ देखि प्रति कित्ता १०० रुपैयाँका दरले ३ करोड ९३ लाख ७५ हजार रूपैयाँको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।

आइपीओमा २३ लाख ६१ हजार ८ सय २७ जनाको आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएर २३ लाख ५४ हजार ७ सय ८४ जना मात्रै योग्य ठहरिएका थिए । जसबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता सेयर पाएका थिए । जसबाट ३ जनाले थप १ कित्तासहित ११ कित्ता सेयर पाएका थिए ।

वि.सं.२०७८ असोज ११ सोमवार १०:४७ मा प्रकाशित

You can share this post!

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:२१

भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु...

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

वि.सं.२०७८ असोज २९ शुक्रवार ०७:००

गुल्मी । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप...

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

आज दशैंको टीका : १०ः२ बजे उत्तम साइत, अन्य देशमा कति बजे ?

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:४४

काठमाडौं । यो वर्षको लागि आज दशैंको दिन अर्थात् विजया...

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

आज विजया दशमी : देवी विसर्जनको शुभ साइत बिहान ८ः१९ बजे

वि.सं.२०७८ असोज २९ शुक्रवार ०६:२२

काठमाडौं । नेपालीको महानचाड बडादशैंको आज महत्वपूर्ण दिन विजया दशमी...

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

रारा पुगेर ८५ वर्षीया पवित्रा भट्टराईले भनिन्- देश विकास भएको रहेनछ

वि.सं.२०७८ असोज २८ बिहीवार २०:०६

सुर्खेत । रारा तालको सुन्दरताले लोभ्याएर खोटाङको दिक्तेलकी ८५ वर्षीया...

दक्षिण कोरियाबाट फर्केर माछा पालन

दक्षिण कोरियाबाट फर्केर माछा पालन

वि.सं.२०७८ असोज २८ बिहीवार १९:५५

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४...