back
NMB ad

यी हुन् सेयर बिक्री गर्न लागेका एनसीसी बैंकका १२ जना सेयरधनी, कसको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी)ले १४ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

आइतबार एक सूचना निकाल्दै बैंकका एक दर्जन संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेका हुन् ।

जसमध्ये सेयरधनी एन बी ग्रुप(नेपाल) प्रालिको १ लाख ३३ हजार ८० कित्ता, बिनु श्रेष्ठको ३० हजार कित्ता, दोलखा भिमसेन इन्भेष्टमेन्ट प्रालिकोको ८० हजार कित्ता, हिमालयन क्यापिटल मार्केट्सको ३७ हजार कित्ता, उत्तम खनाको ७ हजार ६१ कित्ता, कल्याण पौडयालको २५ हजार ९१९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

यस्तै, विदुशा ओझाको ४२ हजार ४७, भेषराज लोहनीको १० लाख २ हजार ६६६ कित्ता, ठाकुरप्रसाद भट्टराईको ३२ हजार ७९२ कित्ता, मोहन प्रजापतिको १० हजार कित्ता, यज्ञ कुमार मास्केको ४ हजार ७०६ कित्ता र बिनोद रञ्जितको ८ हजार ८६३ कित्ता रहेको छ ।

उक्त सेयर खरिद गर्नका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आजैका मितिदेखि ३४ दिन भित्र आवेदन दिन सक्नेछन् ।

बैंकको बागबजार स्थित कार्यालयको सेयर शाखामा लिखित निवेदन सहित सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।

तोकिएका म्यादभित्र संस्थापक सेयरधनीहरुको सेयर खरिदका लागि आवेदन नपरेमा अन्य खरिदकर्तालाई बिक्री गर्ने प्रक्रिया अगाडी बढाईने बैंकले जनाएको छ ।

हेर्नुहोस्, कसको कति कित्ता ?

वि.सं.२०७८ असोज ११ सोमवार ११:५७ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...