काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४४ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार ५९३ रुपैयाँ ७० पैसा कायम भएको छ ।
यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य पनि ६.०३ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँ ४० पैसाले वृद्धि भई २१८ रुपैयाँ १० पैसा कायम भएको छ ।
वि.सं.२०७८ असोज ११ सोमवार १२:२४ मा प्रकाशित