back
NMB ad

असोज १७ गतेदेखि बजाज एक्सचेञ्ज महामेला, कुन बाइकको कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । बजाज नेपालले आउँदो असोज १७ गतेदेखि एक्सचेञ्ज महामेला संचालन गर्ने भएको छ । उक्त मेलामा कुनै पनि ब्राण्डको पुरानो बाइकसंग नयाँ बजाज बाइक साट्न सकिने छ ।

लोकप्रिय मोटरसाइकल उत्पादक बजाजले आउँदो वडा दशै तथा तिहारको अवसर पारेर ‘खुसीको तीन डोज’ योजना समेत ल्याएको छ ।

मनपर्ने बजाज ब्राण्डका मोटरसाइकल किन्दा मात्र होइन किन्नु अघि र किनेपछि पनि नगद उपहार पाउने सुविधा ल्याएको हो ।

उक्त योजना अनुसार किन्नु अघि १० हजार रुपैयाँसम्म, किन्दा खेरी १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद उपहार पाउने बजाजले जनाएको छ ।

ग्राहकले नयाँ बजाज ब्राण्डका मोटरसाइकल योजनाको अवधिमा आधिकारिक आउटलेट बाट मात्र खरीद गर्नु पर्नेछ ।

स्कीम अप्लिकेशनमामा दर्ता गर्दा पहिलो डोज अन्तर्गत १० हजार रुपैयाँसम्म नगद प्राप्त गर्न सकिने छ । जुन मोटरसाइकल खरिद पछि मात्रै भुक्तानी गर्न सकिने बताइएको छ ।

यस्तै मोटरसाइकल खरिद गर्दा दोस्रो डोज अन्तर्गत १ लाख रुपैयाँसम्म थप नगद उपहार प्राप्त गर्न सकिनेछ ।

साथै प्रत्येक मोटरसाइकल खरिद गरेका ग्राहकहरु तेस्रो डोज अन्तर्गत हुने लक्की ड्र मा समावेश हुनेछन । जस अन्तर्गत हरेक महिना १ जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद जित्नु हुनेछ ।

उक्त योजनामा सहभागी हुन हंसराज हुलासचन्द एण्ड कं. प्रा. लि. तथा उक्त कम्पनीका अधिकृत बिक्रेताबाट नै बजाज मोटरसाइकल खरिद गरिएको हुनुपर्ने बताइएको छ ।

यो योजना हंसराज हुलासचन्द एण्ड कं. प्रा. लि द्धारा आगामी सुचना प्रकाशित नभएसम्म लागू हुने, यदि कुनै विवादास्पद परिस्थिति सिर्जना भएमा हंसराज हुलासचन्द एण्ड कं. प्रा. लि. को निर्णय नै अन्तिम निर्णय हुने बताइएको छ ।

खरिदकर्ताले प्राप्त गर्नु भएको नगद उपहारमा नेपाल सरकारको नियम बमोजिम कर कट्टा गरिने बताइएको छ ।

कुनको मूल्य कति ?

बजाजले फरक फरक आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई भिन्नाभिन्नै प्रकारका मोटरसाइकल बजारमा ल्याएको छ । बजाजले विभिन्न मोडेलका बाइकका मूल्य पनि निर्धारण गरि सूची समेत प्रकशन गरेको छ ।

जसअनुसार बजाज प्लाटिना १०० इएस १०२ सीसीको १ लाख ७२ हजार ९ सय रुपैयाँ, डिस्कोभर १२५ ड्रम १२४.४ सीसीको १ लाख ९२ हजार ९ सय, डिस्कोभर १२५ डिस्क १२४.४ सीसीको १ लाख ९९ हजार ९ सय, डिस्कोभर १२५ एसटी १२५ सीसीको २ लाख १० हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, पल्सर १२५ को १२४.३ सीसीलाई २ लाख २६ हजार ९ सय, पल्सर १५० को १४९.५ सीसीकलाई २ लाख ६० हजार ९ सय रुपैयाँ, पल्सर १५० टिडी १४९.५ सीसीलाई २ लाख ७१ हजार ९ सय, पल्सर १६० एनएस एबिएस १६० .३ सीसीलाई २ लाख ९० हजार ९ सय, पल्सर २०० एनएस एफआई एबिएस १९९.५ सीसीलाई ३ लाख ७८ हजार ९ सय र पल्सर २२० एफ २२० सीसीलाई ३ लाख ३६ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।

त्यसैगरि एभेन्जर २२० क्रुज २२० सीसीको ३ लाख ४५ हजार ९ सय, एभेन्जर स्ट्रेट १६० एबिएस १६० सीसीलाई ३ लाख १९ हजार ९ सय र डोमिनार ४०० एबिएस ३७३.२७ सीसीलाई ५ लाख ७८ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार १४:१८ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...