काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजारमा भारी मात्रामा पहिरो गएको छ ।
कारोबारको सुरुदेखी नै बजारमा आएको पहिरो अन्तिम समयसम्म पनि कायमै रहँदा लगानीकर्ता निरास बनेका छन् । बजारमा आएको लगातार गिरावटका कारण नयाँ लगानीकर्ता निकै हतोत्तसाहित हुने अवस्था सृजना भएको छ । बजारमा सामान्य करेक्सन भन्दा पनि पहिरो नै जान थालेको छ ।
बजार मापन गर्ने सूचक ७३.०५ अंकले घटेर २६८५.४२ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.९४ अंकले घटेर परिसूचक ५०६.३३ बिन्दुमा रोकिएको छ । यो दिन २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको उपसूचक ४४.०८, विकास बैंक १९४.१, जलविद्युत ८०.६१, फाइनान्स ११२.९६, निर्जीबन बीमा ४३९.२८, माइक्रोफाइनान्स १३२.४९, जीवन बीमा समूहको उपसूचक ४३७.१७ अंकले घटेको छ ।
वि.सं.२०७८ असोज ११ सोमवार १५:१७ मा प्रकाशित