back
NMB ad

वर्ल्ड रेमिटबाट एनआईसी एशिया बैंकको खातामा रकम पठाउँदा ४ सय रुपैयाँ बोनस

Kumari bank ad

काठमाडौं । एनआईसी एशिया बैंकले आकर्षक सुविधासहितको नयाँ योजना सार्वजनिक गरेको छ ।

सहज एवं सबल बैंकिङ्गको मूल रणनीति अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले डिजिटल रेमिट्यान्सलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ योजना सार्वजनि गरेको छ ।

बैंकले बेलायत, अष्ट्रेलिया लगायतका देशहरूमा बसोबास गर्ने नेपाली महानुभावहरूको लागि आउँदै गरेको वडादशैंको अवसरमा प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स कम्पनी वल्र्डरेमिट मार्फत मार्फत बैंक खातामा रकम पठाउँदा खातामा ४ रुपैयाँ बोनस रकम उपलब्ध गराउने योजना ल्याएको हो ।

असोज ११ गतेदेखि कात्र्तिक १० गतेसम्म लागू हुने उक्त योजनाबाट डिजिटल कारोबारमा सहयोग पुग्नुका साथै विदेशमा बसेर कमाएको रकम सहज रुपमा सिधै यस बैंकको खातामा जम्मा गर्न सकिनेछ ।

४ सय रुपैयाँ बोनस रकम योजना अवधिभर पहिलोपटक गरिएको कारोबारमा मात्र लागू हुनेछ । कोभिड–१९ को जोखिम कायम रहेकै बेला यस बैंकले वल्र्ड रेमिटको वेबसाइट तथा एपमार्फत विदेशमा रहेका नेपाली नागरिकहरूले यथास्थानबाटै स्वदेशमा जुनसुकै बेला रकम पठाउन सकिने बैंकले जनाएको छ ।

उक्त योजनाले विदेशमा रहेका नेपाली महानुभावहरूले रकम पठाउन भौतिक रुपमा रेमिट्यान्स कार्यालयसम्म पुग्ने समयको बचत हुनुका साथै डिजिटल कारोबारलाई बढाउन समेत प्रोत्साहन गर्ने बैंकले विश्वास लिएको छ ।

डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आइरहेको यस बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउदै लैजाने क्रममा मोबाइल बैंकिङ्ग एप मार्फत आन्तरिक रेमिट्यान्स सुविधा समेत उपलब्ध गराउदै आइरहेको छ ।

जसअन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहक महानुभावहरूले मोबाइल बैंकिङ भित्र रहेको सेन्ड रेमिट आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सकिनेछ ।

उक्त माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । साथै, बैंकले मोबाइल बैंकिङ बाटै रेमिट्यान्स प्राप्त गर्न सकिने नयाँ सुविधाको समेत सुरुवात गरेको छ ।

वि.सं.२०७८ असोज ११ सोमवार १६:३४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...