back
NMB ad

राधीको सेयरमा खतरनाक इन्साइडर ट्रेडिङ, करोडौंको सेयर बेचेर बाहिरिए अध्यक्ष रुङ्गटा

Kumari bank ad

सोभित थपलिया

काठमाडौं । कानून विपरित राधी विद्युत कम्पनीका अध्यक्ष अनिल कुमार रुङ्गटाले नै सेयर कारोबार गरेको पाइएको छ ।

संगठित संस्थाको पदाधिकारीले पदमा रहँदा वा छोडेको १ वर्षसम्म सेयर कारोबार गर्न नपाउने धितोपत्र बोर्डको स्पष्ट कानून छ । तर राधी विद्युत कम्पनीका तत्कालिन अध्यक्ष अनिल कुमार रुङ्गटाले पदमा रहँदा नै सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिएको प्रमाण फेला परेको छ ।

विभिन्न ४ वटा कम्पनीमा अध्यक्ष रहेका रुङ्गटाले नै इन्साइडर ट्रेडिङ गर्दा लगानीकर्ता फसेका छन् । प्राप्त विवरण अनुसार अध्यक्ष रुङ्गटाले चैत दोस्रो सातादेखि असारको अवधिमा २ लाख १७ हजार ४४२ कित्ता सेयर विभिन्न मूल्यमा बिक्री गरेको नेप्सेको तथ्यांकले देखाएको । राधी विद्युत कम्पनीमा खारे इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट सञ्चालक रहेका रुङ्गटाले २०७८ असार ७ गते राजीनामा दिएको धितोपत्र बोर्डलाई जानकारी गराइएको थियो ।

बोर्डलाई खारे इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक रुङ्गटालाई फिर्ता बोलाएर उक्त पदमा भिष्ममान पतिलाई नियुक्त गरेको जानकारी गराइएको थियो । उहाँले राधी छाड्नु अघि दुई आर्थिक वर्षको एकै पटक बोसन सेयर ३६.५० प्रतिशत दिने र त्यसको केही समयमा १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेका थिए ।

कम्पनीले दुई आर्थिक वर्षको ३६.५० प्रतिशत बोनस दिने निर्णय २०७८ जेठ २ गते गरेको थियो । त्यसको लगत्तै दुई सातापछि जेठ १६ गते कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय गर्यो । बोनस सेयर दिने र हकप्रद सेयर जारी गर्ने भन्दै बजारमा मूल्य बढाएर आफुसँग भएको सबै सेयर बिक्री गरेपछि रुंगटाले कम्पनीबाट राजीनामा दिएर हिँडेको पाइएको छ ।

लाभांशले बजार बढाउँदा कसरी फसे लगानीकर्ता ?

राधीले लाभांश घोषणा गरेको दिन सेयर मूल्य ७०४ रुपैयाँ थियो । राधीको सेयर मूल्य करिब १५ दिन अघिदेखि नै बढ्न थालेको थियो । लाभांश घोषणा गर्नु अघिल्लो दिन १४ अंकले बढेको बजार भोलिपल्टै ७० अंकले बढेको थियो । त्यसपछि निरन्तर बढेको बजार दुई साताको अवधिमा हकप्रद सेयर घोषणा भयो । दुई साताको अवधिमा कम्पनीको सेयर मूल्य ४३८ अंकले बढ्यो । जेठ १६ गते ११४२ बिन्दुमा पुग्यो ।

हकप्रद सेयर घोषणा गरेको भोलिपल्ट अर्थात जेठ १७ गते कम्पनीको सेयर मूल्य ११४ रुपैयाँले बढेर १२५६ अंकमा पुग्यो । बोनस र हकप्रद घोषणा गरेपछि जेठ १८ गते जलविद्युत कम्पनी मध्ये सबैभन्दा बढी १३ सय बिन्दुमा पुग्यो । त्यसपछि कम्पनीको सेयर मूल्य घट्न थालेको देखिएको छ ।

रुङ्गटाले राजीनामा दिएको दिन अर्थात असार ७ गतेसम्म आईपुग्दा कम्पनीको सेयर मूल्य १३०० बाट २८९ अंकले घटेर १०११ बिन्दुमा आइपुगेको थियो । असोज ११ गतेसम्म आईपुग्दा ६७० रुपैयाँमा कायम भएको पाइएको छ । रुङ्गटाले इन्साइडर ट्रेडिङ गरी करोडौं रुपैयाँ कमाएर बजारबाट बाहिरिए पनि प्रायः लगानीकर्ता भने सो कम्पनीबाट नोक्सानीमा गएका छन् ।

जानकारका अनुसार कम्पनीले २ वर्षको लाभांश नबाँडेर जगेडा कोषमा पैसा जम्मा गरेर एकै पटक ३६.५० प्रतिशत बोनस सेयर दिने र लगत्तै १४७.५२ प्रतिशतको प्रलोभन देखाएर इन्साइडर गरेको छ । लाभांश घोषणा गरेपछि कम्पनीको सेयर मूल्य ह्वात्तै बढेको थियो । त्यस बेला कम्पनीको सेयर मूल्य सबैभन्दा बढी १३ सयको हाराहारीमा पुगेको थियो ।

यहाँ अझ रोचक प्रसंग के छ भने तत्कालिन समयमा नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ, कर्नरिङ भयो भनेर असार १ गते निकालेको ५१ वटा कम्पनीको नाममा राधी विद्युत कम्पनीको नाम पनि रहेको छ ।

ऐनमा के छ ?

धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को दफा ३८ मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन ।’ भन्ने कुरा उल्लेख रहेको छ । तर, अध्यक्ष रुङ्गटाले नै सेयर बिक्री गरेर बजारबाट बाहिरिनुले जनाजान इन्साइडर ट्रेडिङ गरेको तथ्यले देखाएको छ ।

धितोपत्र बोर्डको सहायक प्रवक्ता रुपेश केसीका अनुसार यो विषयमा सेबोनले अनुसन्धान गर्ने र इन्साइडर ट्रेडिङ भएको पाइएमा धितोपत्र सम्बन्धी ऐन-२०६३ अनुसार कारबाही हुने छ ।
ऐनमा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजायको विषयमा दफा ९१ मा भित्री कारोबारलाई उल्लेख गरिएको छ भने दफा १०१ मा दण्ड सजायको व्यवस्था रहेको छ । केसीका अनुसार बजारमा कसैले पनि इन्साइडर ट्रेडिङ गर्न नहुने र गरेको पाइएमा सोही अनुसार कारबाही हुनेछ ।

रुङ्गटाको संलग्नता ?

राधीबाट रुङ्गटाले असार ७ गते राजीनामा दिए पनि अन्य एक दर्जन बढी कम्पनीको अध्यक्ष तथा संचालकको रुपमा कार्यरत रहेको पाइएको छ । सो कम्पनी नेप्सेमा सूचीकृत रहेको छ ।
करिब १ दर्जन कम्पनीको मुख्य कम्पनी सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी हो । सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लगानी गर्ने कम्पनी हो । सोे कम्पनी पनि नेप्सेमा सूचीकृत रहेको छ । सो कम्पनीका धेरै सहायक कम्पनीमा रुङ्गटा अध्यक्ष तथा सञ्चालकको रुपमा रहेको पाइएको छ ।

रुङ्गटा कसुवा खोला हाईड्रोपावर लिमिटेड, र गण्डकी इनर्जी लिमिटेडको अध्यक्ष हुनुहुन्छ । तर, सो कुरा कम्पनीको वेवसाइटमा भने उल्लेख गरिएको छैन । साथै उहाँ सिइडिबी हाईड्रो, खारे इन्भेष्टमेन्ट, गण्डकी इनर्जी, लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी, राप्ती हाईड्रोपावर एण्ड जनरल कन्ष्ट्रक्सन लिमिटेडमा अध्यक्ष हुनुहुन्छ भने राधी विद्युत कम्पनीमा पूर्व अध्यक्ष उहाँ नै हुनुहुन्छ ।

सिईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको कहाँ कहाँ छ लगानी ?

सिइडीबी हाईड्रोपावर कम्पनीको लगानी मोरङ इनर्जी लिमिटेड, कसुवा खोला हाईड्रोपावर लिमिटेड तथा कसुवा खोला हाईड्रोपावर प्रोजेक्ट ४५ मेगावाटको, गण्डकी इनर्जी र खारे इन्भेष्टमेन्ट लिमिटेडमा सतप्रतिशत स्वामित्व रहेको छ ।

यस्तै राप्ती हाईड्रोपावर एण्ड जनरल कन्ट्रक्सन लिमिटेड र त्यसबाट बनिरहेको ५ मेगावाटको रुकुम गढी हाईड्रोपावरमा ४.०४ प्रतिशत र यूनिभर्सल पावर कम्पनीमा ४.२८ प्रतिशत लगानी रहेको छ । जसले ११ मेगावाटको तल्लो खारे खोला हाईड्रोपावरमा लगानी गर्ने छ ।


सिइडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको सतप्रतिशत लगानी रहेको गण्डकी इनर्जी लिमिटेडको ८४.१९ प्रतिशत लगानी लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीमा रहेको छ ।

उक्त कम्पनीले पनि अन्य ५ वटा कम्पनीमा लगानी गरेको छ । जसमा ४.४ मेगावाटको राधी विद्युत कम्पनीमा ४७.२६ प्रतिशत, १८३ किलोवाटको साङगे विद्युत कम्पनीमा ६०.४२ प्रतिशत, १२ मेगावाटको दोर्दी–१ निर्माणको क्रममा रहेको दोर्दी खोला जलविद्युत कम्पनीमा ७८.४२ प्रतिशत, ४ मेगावाटको खाउदी हाईड्रोपावरमा १५ प्रतिशत र ३० मेगावाटको न्यादी हाईड्रोपावरमा २.७८ प्रतिशत स्वामित्व रहेको प्राप्त तथ्याङकमा उल्लेख छ ।

राधीबाट राजीनामा दिएको भए पनि अहिलेसम्म सिइडीबीका साथै लमजुङ, गण्डकीको अध्यक्षमा एकै जना हुनुहुन्छ । राधीबाट उहाँले सेयर बिक्री गरेर बाहिरिएको देखिएको छ । अध्यक्ष रुङ्गटाले राधी विद्युत कम्पनीमा इन्साइडर ट्रेडिङ गरेर आफूसँग भएको सेयर बिक्री गरेर निस्किको देखिएको छ । राधी विद्युत कम्पनीले बोनस र लाभांश सँगसँगै घोषणा गरेर लगानीकर्तालाई प्रलोभनमा पारेको प्रष्ट देखिएको छ ।

प्राप्त विवरण अुनसार यस बीचमा लमजुङ इलेक्ट्रिसिटी कम्पनीले राधीको सेयर सबै बिक्री गरेको पाइएको छ । राधीमा लमजुङको ४७.२६ प्रतिशत स्वामित्व रहेको छ । लमजुङमा गण्डकी इनर्जीको ८४.१९ प्रतिशत स्वामित्व रहेको छ भने गण्डकीमा सिइडिबीको सतप्रतिशत स्वामित्व रहेको छ ।

रुङ्गटाको सिइडीबी कम्पनीले सहायक कम्पनीको सेयर बिक्री गरेको रकम वित्तीय विवरणमा देखाउन आनाकानी गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार सहायक कम्पनीले कमाएको नाफा मुख्य कम्पनीको विवरणमा सबै उल्लेख गरेको भए असार मसान्तमा नाफा करोड माथी हुने भए पनि त्यो नदेखाएको कम्पनी निकट स्रोतको दाबी छ । हाल नेप्सेमा राधी विद्युत कम्पनी र सिइडिबी हाईड्रोपावर मात्रै सूचीकृत रहेका छन् । अरु कम्पनीको सेयर सर्वसाधारणमा आएको छैन । यस विषयमा जानकारी लिन खोज्दा रुङ्गटासँग सम्पर्क भने हुन सकेन ।

वि.सं.२०७८ असोज ११ सोमवार १९:०७ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...