काठमाडौं । कुमारी बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
असोज ११ गते बसेको संचालक समितिको बैठकले बैंकको चुक्तापुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ रहेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गर्नेछ ।
बैंकले साधारणसभा र बुक क्लोजको मिति भने तोकेको छैन ।
वि.सं.२०७८ असोज १२ मंगलवार १०:४० मा प्रकाशित