काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।
अघिल्लो कारोबार दिन ८९ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुन आज भने घटेर ८९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले सोमबार प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आजका लागि भने ८८ हजार ५५० रुपैयाँ तोकेको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज प्रतितोला ५ रुपैयाँले घटेको चाँदीको मूल्य १ हजार १५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार १६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ असोज १२ मंगलवार ११:०९ मा प्रकाशित