back
NMB ad

विद्युतीय सवारीमा बढ्दो क्रेजः दुई महिनामै ४८ करोड बढीको भित्रियो, कुन देशबाट कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा ४८ करोड २ लाख ८६ हजार रुपैयाँको विद्युतीय गाडी नेपालमा आयात भएको छ ।

भन्सार विभागका अनुसार भदौ मसान्तसम्ममा ४ वटा देशबाट ५५४ थान गाडी नेपालमा भित्रिएको छ ।

४८ करोड २ लाख ८६ हजार रुपैयाँको गाडी भित्र्दा राज्यले १२ करोड ९६ लाख ७० हजार रुपैयाँ राजस्व पाएको छ ।

विभागका अनुसार भदौ सम्ममा नेपालामा भारत, चीन, दक्षिण कोरिया र जापानबाट विद्युतीय गाडी आयात भएको छ । चीनबाट तीन पाङ्ग्रे सवारी ७२ लाख ५२ हजार रुपैयाँको ५४ वटा आयात भएको छ । यसबाट राज्यले १७ लाख ६२ हजार रुपैयाँ राजस्व पाएको छ ।

यस्तै भारतबाट तीन पाङ्ग्रे सवारी २० लाख ३४ हजार रुपैयाँको २० वटा आयात भएको छ । यसबाट राज्यले ४ लाख ९४ हजार रुपैयाँ राजस्व पाएको छ ।

चीन र भारतबाट ल्याइएका यी सवारी साधान नेपालमा ल्याएर जडान गरिएको हो । यी साधान जडान नगरी ल्याईएको हो ।

विभागका अनुसार जडान गरेर चीनबाट २ करोड १३ लाख ५५ हजारको २१९ वटा तीन पाङग्रे सवारी साधान नेपालमा आयात भएको छ । यसबाट राज्यले ५१ लाख ९० हजार रुपैयाँ राजस्व पाएको छ ।

भारतबाट पनि ११८ वटा तीन पाङग्रे विद्युतीय सवारी आयात भएको छ । ९३ लाख ९३ हजारको उक्त साधान आयात गर्दा नेपालले २२ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार चीनबाट १०० किलोवाटसम्मका कार, जीप भ्यान ७ वटा आयात भएका छन् । जसको मूल्य १ करोड २ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

जसबाट राज्यले २४ लाख ९९ हजार रुपैयाँ कर लिएको छ । सोही प्रकारका गाडी भारतबाट ७ करोड २६ लाख १४ हजारमा ३० वटा आयात भएका छन् ।

जसबाट राज्यले १ करोड ७२ लाख ३५ हजार रुपैयाँ राजस्व लिएको छ । यस्तै सोही प्रकारका गाडी कोरियाबाट ३४ वटा आयात भएका छन् । जसको मूल्य १२ करोड ६ लाख ५८ हजार रुपैयाँ रहेको छ । त्यसबाट राज्यले २ करोड ९३ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भदौ मसान्तसम्म नेपालमा १५० किलोवाट देखी २०० किलोवाटसम्मका ५१ वटा विद्युतीय कार, जीपन, भ्यान चीनबाट आयात भएको छ ।

त्यस्तै जापनबाट ११ र दक्षिण कोरियाबाट १० वटा आयात भएको छ । उक्त गाडीको मूल्य क्रमशः १५ करोड १२ लाख ६८ हजार, ४ करोड २६ लाख ५१ हजार र ४ करोड २७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

तीन देशबाट उक्त क्षमताका गाडी आयातगर्दा राज्यले क्रमशः ४ करोड ५३ लाख ५ हजार १ करोड २७ लाख ७४ हजार र १ करोड २८ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो अवधिमा सबैभन्दा बढी गाडी चीनबाट मात्रै ३२७ वटा आयात भएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १३:१४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...