back
NMB ad

बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका २६ वर्षीय युवा काठमाडौंबाट पक्राउ

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंकिङ कसूर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले खोटाङको जन्तेढुंगा गाउपालिका–३ घर भई हाल काठमाडौंको कपन बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्रीलाई पक्राउ गरेको हो ।

खत्रीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी ग्लोबल आइएमई बैंकको चेक काटी दिएका थिए ।

उनलाई २०७७ पुस २८ गते उच्च अदालत पाटनले बैंकिङ कसूरजन्य अपराध ठहर गरी १० लाख ६५ हजार जरिवाना र ४ दिन कैद सजाय सुनाएको थियो ।

उक्त मुद्दामा खत्री फरार रहेका थिए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंबाट पक्राउ गरि फैसला कार्यालयन्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको बताइएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १३:४२ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...