back
NMB ad

कुमारी बैंकसहित ४ कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

Kumari bank ad

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । उक्त दिन बजार ७०.०१ अंकले घटेको हो ।

आज बजार परिसुचक २६१५.४० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कुमारी बैंक सेयर कारोबार भएको छ । उक्त दिन बैंकको १८ करोड ८२ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बैंकको ६ लाख ११ हजार ४८४ कित्ता सेयर खरिदबिक्री भएको छ ।

बैंकले आजै ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस र कर प्रयोजन सहित २.६७ प्रतिशत नगद लाभांश दिने भएको हो । यसकारण लगानीकर्ता आज आकर्षित भएका हुन् ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको १७ करोड ३८ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । उक्त दिन कम्पनीको २६ हजार ४४९ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यस्तै, मंगलबार नेशनल हाइड्रोपावर कम्पनीको १५ करोड ४८ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको आज ३ लाख ८१ हजार २५५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि आज आइसीएफसीको पनि १५ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको २ लाख २९ हजार ८१५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

वि.सं.२०७८ असोज १२ मंगलवार १५:४१ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...