काठमाडौं । साताको चौंथो कारोबार दिन सुनको मूल्मा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको हो ।
अघिल्लो कारोबार दिन ८९ हजार रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज घटेर ८८ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन भने ८८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुने महासंघले जनाएको छ ।
वि.सं.२०७८ असोज १३ बुधवार ११:०२ मा प्रकाशित