काठमाडौं । सिद्धार्थ बैंकको डिजिटल भुक्तानी सेवा ८ घण्टा बन्द हुने भएको छ ।
एक सूचना निकाल्दै बैंकले आजै बेलुका १० बजेदेखि बिहीवार असोज १४ गते बिहान ६ बजेसम्म डिजिटल भुक्तानी अवरुद्ध हुने जनाएको छ ।
उक्त अवधिमा बैंकले फोनपेको सिस्टम अपग्रेड गर्न लागेकाले युटिलिटी तथा क्यूआर पेमेन्ट सेवा अवरुद्ध हुने जनाएको छ ।
वि.सं.२०७८ असोज १३ बुधवार ११:४१ मा प्रकाशित