back
Mega Long Ad

दुई महिनामा ८ अर्ब बढीको सुन आयात, गहना भने साढे १३ करोडको बाहिरियो

काठमाडौं । नेपालमा दुई महिनाको अवधिमा ८ अर्ब बढीको सुन आयात भएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को भदौ महिना मसान्तसम्ममा ८ अर्ब ३५ करोड ७७ लाख ६७ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो ।

भन्सार विभागका अनुसार उक्त अवधिमा एक हजार २१५ केजी सुन आयात भएको हो । चालु आवको भदौ मसान्तसम्म टर्की र युएईबाट सुन आयात भएको छ ।

सुन आयातबाट सरकारले १ अर्ब ३ करोड २७ लाख ५२ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

नेपालमा सबैभन्दा बढी सुन यूएईबाट आयात भएको छ । भदौ मसान्तसम्म उक्त देशबाट ५ अर्ब ९२ करोड ३७ लाख ४० हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको विभागले जनाएको छ । यूएईबाट ८६० केजी बढी सुन आयात भएको हो ।

यस्तै, टर्कीबाट भने २ अर्ब ४३ करोड ४० लाख २७ हजार रुपैयाँ बराबरको सुन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । टर्कीबाट ३५४ केजी बढी सुन नेपाल भित्रिएको हो ।

साढे १३ करोड बढीका सुनका गहाना निर्यात

चालु आवको सोही अवधिमा नेपालबाट साढे १३ करोड बढीको सुनका मौलिक गहना निर्यात भएको विभागले जनाएको छ ।

भदौ मसान्तसम्ममा नेपालबाट १३ करोड ५७ लाख ५९ हजार रुपैयाँ बराबरको सुनका गहना बाहिरिएको हो । नेपालबाट गत आर्थिक वर्षदेखि सुनका गहना निर्यात हुन थालेको हो ।

नेपालबाट अष्ट्रेलिया, हङकङ, अमेरिका लगायतका देशहरुमा सुनका गर–गहनाको निर्यात हुने गरेकोे विभागले जनाएको छ ।

विशेषगरी विदेशी मुलुकमा बन्न नसक्ने नेपाली मौलिक गर–गहना नेपालबाट निर्यात हुने गर्दछ । विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ ।

चालु आवको भदौ मसान्तसम्म सबैभन्दा बढी सुनका गहना अमेरिका निर्यात भएको छ । उक्त देशमा १२ करोड १ लाख ३१ हजार रुपैयाँ बराबरको गहना पुगेको छ ।

यता हङकङमा भने १ करोड ५६ लाख २८ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको हो ।

वि.सं.२०७८ असोज १३ बुधवार १२:१५ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...