back
NMB ad

३८ मेगावाटको आँखु खोला जलविद्युत आयोजना बन्ने, ५ बैंकले लगानी गर्ने

Kumari bank ad

काठमाडौं । आँखु खोला जलविद्युत आयोजनामा ५ वटा बैंकले साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।

सिटिजन्स बैंकको अगुवाईमा नेपाल एस.बि.आइ बैंक, नेपाल बङ्गलादेश बैंक, मेगा बैंक र सिभिल बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

उक्त लगानीको लागि सम्झौतामा हस्ताक्षर भएको छ । परियोजनाको अनुमानित लागत करिब ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । जसमा बैंकहरुको ७५ः२५ को ऋणः स्वपुँजी अनुपातमा ५ अर्ब ५० करोड बराबरको ऋण लगानी रहनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने भएको छ ।

धादिङ्ग जिल्लाको साविक लापा, सेर्तुङ्ग, एवं झार्लाङ्ग गा.वि.स. (हालको रुवीभ्याली गाँउपालिका तथा खनियाबास गाँउपालिका) मा निर्माण हुने धादिङ्ग आँखु खोला हाइड्रो ३८ मेगावाट क्षमताको रहेको छ ।

आयोजनाको निर्माण चार वर्ष भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । जसका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्ने सबै कानूनी प्रकृया पुरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको बताइएको छ ।

निर्माण सम्पन्न भएपछि उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको नुवाकोट जिल्लामा स्थित त्रिशुली– ३ बी हव सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ६६.७०० गिगावाट प्रति घन्टा र बर्षको समयमा १५२.४३८ गिगावाट गरी बार्षिक २१९.१३८ गिगावाट प्रतिघन्टा खुद विद्युत त्पादन हुनेछ ।

वि.सं.२०७८ असोज १३ बुधवार १३:०२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...