काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
यतिबेला मैलुङ खोला जलविद्युत कम्पनी र महुली सामूदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म मैलुङ खोलाको सेयर मूल्य ८.१२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीकोे सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँ २० पैसाले बढेर २६९ रुपैयाँ कायम भएको छ ।
यस्तै, महुली सामूदायिक लघुवित्तको सेयर मूल्य ८.०७ प्रतिशतले वृद्धि भएको हो । प्रतिकित्ता १४० रुपैयाँ ९० पैसाले बढेर कम्पनीको सेयर मूल्य १ हजार ८८७ रुपैयाँ ९० पैसा पुगेको छ ।
वि.सं.२०७८ असोज १३ बुधवार १३:४५ मा प्रकाशित