back
NMB ad

सेयर बजारमा दोहोरो अंकको सुधार, सोझा लगानीकर्ता फस्ने डर

Kumari bank ad

काठमाडौं । निकै समयको गिरावटपछि सेयर बजारमा सुधार दोहोरो अंकको सुधार देखिएको छ ।

बुधबारको कारोबारमा नेप्से मापन गर्ने सूचक ५०.५८ अंकले बढेर परिसूचक २६६५.९४ बिन्दुमा रोकिएको छ ।

२२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा बढोत्तरी देखिएको छ । बैंकिङ समूहको २०.२९, विकास बैंक १५०.६८, फाइनान्स १०७.४७, जलविद्युत ११७.३४, जीवन बीमा २१५.३८, माइक्रोफाइनान्स ८८.०१, निर्जीवन बीमा समूहको उपसूचक २५५.६६ अंकले बढेको छ ।

केही समय यता सेयर बजारमा दैनिकजसो भारी अंकको गिरावट आएको छ । यही बीचमा बुधबारको कारोबारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । केही समय यता बजारमा आएको गिरावटले निकै त्रसित बनेका लगानीकर्ताहरु एकाएक बजारमा आएको सुधारले हौसिनु भन्दा पनि बजार बुझेर लगानी गर्नुपर्ने जानकारहरुको भनाई छ ।

यस्तो बेला लगानीकर्ताले सुझबुझका साथ लगानी नगर्ने हो भने सोझा लगानीकर्ता फस्ने भन्दै यसमा सबै सजग हुनपर्ने जानकारहरुको भनाई छ । सोझा लगानीकर्ताले बजार बढ्यो भनेर अन्जानमा बजारमा लगानी गर्दा डुब्न सक्ने सम्भावना पनि हुन्छ ।

एक जानकारका अनुसार सोझा लगानीकर्तालाई फसाउन ठूलाले बजार बढाएको पनि हुनसक्ने देखिएको छ । यो दिन बजार बढेपनि कारोबार रकमले अपेक्षा अनुसार साथ दिन सकेको छैन ।

वि.सं.२०७८ असोज १३ बुधवार १५:३६ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...