back
NMB ad

राधी विद्युतको सेयरमा इन्साइडर ट्रेडिङ गर्ने अध्यक्ष रुङ्गटामाथी बोर्डले सुरु गर्यो छानविन

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कानून विपरित राधी विद्युत कम्पनीको सेयर बिक्री गर्ने सोही कम्पनीका तत्कालिन अध्यक्ष अनिल कुमार रुङ्गटामाथी छानविन गर्न थालेको छ ।

बोर्डका एक उच्च अधिकारीका अनुसार रुङ्गटाले कानून विपरित सेयर कारोबार गरेको पाएपछि छानविन सुरु गरेको जनाएको छ । बोर्डका एक अधिकारीका अुनसार रुङ्गटाले पदमा रहँदा वा पदबाट बाहिरिए लगत्तै कानून विपरित सेयर कारोबार गरेको पाएको जनाएको छ ।

उहाँका अनुसार यो विषयमा धितोपत्र बोर्डको सम्बन्धित विभागले अनुसन्धान सुरु गरेको छ । यसको लागि आवश्यक तथ्याङक नेप्सेसँग लिन लागिएको बताउनुभयो । यस विषयमा बोर्डले आवश्यक काम सुरु गरेको र निकट भविष्यमा नै परिणाम देखिने उहाँको भनाई छ । ​

संगठित संस्थाको पदाधिकारीले पदमा रहँदा वा छोडेको १ वर्षसम्म सेयर कारोबार गर्न नपाउने धितोपत्र बोर्डको ऐनमा उल्लेख रहेको छ । तर राधी विद्युत कम्पनीका तत्कालिन अध्यक्ष अनिल कुमार रुङ्गटाले पदमा रहँदा नै सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिएको समाचार अर्थतन्त्र डटकममा प्रकाशित भएको छ ।

विभिन्न ४ वटा कम्पनीमा अध्यक्ष रहेका रुङ्गटाले नै इन्साइडर ट्रेडिङ गर्दा लगानीकर्ता भने फसेका छन् । प्राप्त विवरण अनुसार अध्यक्ष रुङ्गटाले चैत दोस्रो सातादेखि असारको दोस्रो सातासम्मको अवधिमा २ लाख १७ हजार ४४२ कित्ता सेयर विभिन्न मूल्यमा बिक्री गरेको देखिएको छ । राधी विद्युत कम्पनीमा खारे इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट सञ्चालक रहेका रुङ्गटाले २०७८ असार ७ गते राजीनामा दिएको धितोपत्र बोर्डलाई जानकारी गराइएको थियो ।

राधीको सेयरमा खतरनाक इन्साइडर ट्रेडिङ, करोडौंको सेयर बेचेर बाहिरिए अध्यक्ष रुङ्गटा

 

उक्त समयमा खारे इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक रुङ्गटालाई फिर्ता बोलाएर उक्त पदमा भिष्ममान पतिलाई नियुक्त गरेको जानकारी गराइएको थियो । उहाँले राधी छाड्नु अघि दुई आर्थिक वर्षको एकै पटक बोसन सेयर सेयर ३६.५० प्रतिशत दिने र त्यसको केही दुई सातापछि १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय भएको थियो ।

कम्पनीले दुई आर्थिक वर्षको ३६.५० प्रतिशत बोनस दिने निर्णय २०७८ जेठ २ गते गरेको थियो । त्यसको लगत्तै दुई सातापछि जेठ १६ गते कम्पनीले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने निर्णय गर्यो । बोनस सेयर दिने र हकप्रद सेयर जारी गर्ने भन्दै बजारमा मूल्य बढाएर आफुसँग भएको सबै सेयर बिक्री गरेपछि रुंगटाले कम्पनीबाट राजीनामा दिएर हिँडेको पाइएको छ ।

राधीले लाभांश घोषणा गरेको दिन सेयर मूल्य ७०४ रुपैयाँ थियो । राधीको सेयर मूल्य करिब १५ दिन अघिदेखि नै बढ्न थालेको थियो । लाभांश घोषणा गर्नु अघिल्लो दिन १४ अंकले बढेको बजार भोलिपल्टै ७० अंकले बढेको थियो । त्यसपछि निरन्तर बढेको बजार दुई साताको अवधिमा हकप्रद सेयर घोषणा भयो । दुई साताको अवधिमा कम्पनीको सेयर मूल्य ४३८ अंकले बढ्यो । जेठ १६ गते ११४२ बिन्दुमा पुग्यो ।

हकप्रद सेयर घोषणा गरेको भोलिपल्ट अर्थात जेठ १७ गते कम्पनीको सेयर मूल्य ११४ रुपैयाँले बढेर १२५६ अंकमा पुग्यो । बोनस र हकप्रद घोषणा गरेपछि जेठ १८ गते जलविद्युत कम्पनी मध्ये सबैभन्दा बढी १३ सय बिन्दुमा पुग्यो । त्यसपछि कम्पनीको सेयर मूल्य घट्न थालेको देखिएको छ । रुङ्गटाले राजीनामा दिएको दिन अर्थात असार ७ गतेसम्म आईपुग्दा कम्पनीको सेयर मूल्य १३०० बाट २८९ अंकले घटेर १०११ बिन्दुमा आइपुगेको थियो । असोज ११ गतेसम्म आईपुग्दा ६७० रुपैयाँमा कायम भएको छ । रुङ्गटाले इन्साइडर ट्रेडिङ गरी करोडौं रुपैयाँ कमाएर बजारबाट बाहिरिएको पाएपछि बोर्डले चासोका साथ छानविन सुरु गरेको बोर्डका उच्च अधिकारीको भनाई छ ।

नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ, कर्नरिङ भयो भनेर असार १ गते निकालेको ५१ वटा कम्पनीको नाममा राधी विद्युत कम्पनीको नाम रहेको छ ।

धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को दफा ३८ मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन ।’ भन्ने कुरा उल्लेख रहेको छ । तर, अध्यक्ष रुङ्गटाले नै सेयर बिक्री गरेर बजारबाट बाहिरिनुले जनाजान इन्साइडर ट्रेडिङ गरेको तथ्यले देखाएको छ ।

वि.सं.२०७८ असोज १३ बुधवार १६:५५ मा प्रकाशित

You can share this post!

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...