back
NMB ad

कुमारी बैंक र यती एअरलाइन्सबीच सहकार्य

Kumari bank ad

काठमाडौं । कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सबीच सहकार्य भएको छ ।

संयुक्त रुपमा नेपालमै पहिलो पटक स्वाप एण्ड फ्लाई क्याम्पेनको सुरुवात गर्नु भएको छ ।

यती एअरलाइन्सको स्काईक्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव को–ब्राण्ड कार्ड जारी गरिने भएको छ ।

सोही अवसरमा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काईक्लव कार्डका वाहकहरुले अब हरेक खरिदमा कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि हवाई यात्रा गरे सरह नै निश्चित अंक प्राप्त गरिने भएकोले ग्राहकहरु समेत प्रोत्साहित हुने बताउनुभयो ।

यस्तै, अब एअरलाइन्स र बैंकका साझेदार ग्राहकहरुले जुनसुकै समयमा यो सुविधा प्राप्तगर्न सक्ने यती एअरलाइन्सकाप्रमुखकार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले बताउनुभयो ।

हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य विल्कुलै पृथक शैलीमा नेपालमै पहिलोपटक भएको हो । त्यसकारण पनि यो सहकार्य दुवै पक्षको लागि नवीन एवं महत्वपूर्ण रहेको छ । कार्यक्रमले दुवै पक्षलाई नयाँ उचाई दिनुका साथै नयाँ आयाम थप्ने निश्चित भएका सिइओ रिमालले भन्नुभयो । “अब हाम्रा ग्राहकहरुले कुमारी स्काई क्लब कार्डबाट सामान तथा सेवाको भुक्तानी मात्र नभई भुक्तानी गरे बापत प्वाइन्ट्स पनि कमाउने छन ्अनि सो प्वाइन्ट्सबाट ग्राहकहरुले यती एअरलाइन्सको निःशुल्क टिकट प्राप्तगरी उडान भर्न सक्नेछन् ।” डिजिटल बैंकिंगका प्रमुख अनिष ताम्राकारले भन्नुभयो ।

“अब दुईवटा कार्ड बोकिरहन पर्दैन, एउटैले नै दुबै कार्डको काम गर्नेछ”, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले भन्नुभयो– ।

उहाँले भन्नुभयो- “बैंक र एअरलाइन्सको साझेदार ग्राहकहरुले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुनेछ । निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसके पछि सजिलै उपभोग गर्न सकिन्छ । आवश्यकतानुसार यती एअरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा पनि निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको छ । कुमारी स्काइक्लब कार्डस्वाइप गरी १ रुपैयाँ भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुने र हरेक खर्चलाई रिवार्ड गरिने भएकोले कार्यक्रमकोे ट्याग लाइन नै वी रिवार्ड योर स्पेन्डिङ राखिएको छ ।”

सेवा ग्राहीको सुविधाका लागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको कुमारी बैंक र यती एअरलाइन्सले भविष्यमा पनि आफ्ना सेवा ग्राहीहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु थप गर्दै लगिने जनाएका छन् ।

सेवाग्राहीको सुविधालाई अग्रपंक्तिमा राखि कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ ए ÞटिÞएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामीदिनहरुमाअझ सरल, सुलभ तथाउत्कृष्ट सेवाकानिमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०७८ असोज १३ बुधवार १७:५५ मा प्रकाशित

You can share this post!

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४७

भैरहवा (रुपन्देही), ११ वैशाख : नेपाल भ्रमणमा आउन लाग्नुभएका कतारका...

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

नेपाल र कतारबीचका महत्वपूर्ण द्विपक्षीय सम्झौताहरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:४२

काठमाडौँ, ११ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख...

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिका प्रतिनिधिमण्डलको भेट   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १४:०४

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ...

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:५८

लस एन्जलस, ११ वैशाख  : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले नोभेम्बरपछि...

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...