back
NMB ad

नेपाली बजारमा विदेशी स्याउको बर्चस्व: स्थानीय उत्पादनले पाउँदैन मूल्य, दुई महिनामै १ अर्ब बढीको आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्म १ अर्ब बढीको स्याउ आयात भएको छ ।

नेपालमा नै उत्पादन भएको स्याउ ढुवानी र बजार सुनिश्चित हुन नसक्दा आयात बढेको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म १ अर्ब २७ करोड ९७ लाख ६० हजारज रुपैयाँ बराबरको ताजा स्याउ आयात भएको हो ।

नेपालमा छिमेकी दुई मुलुक भारत र चीन, टर्कीबाट स्याउ आयात हुने गरेको विभागले जनाएको छ । नेपाली अर्गानिक स्याउको ब्राण्डिङको अभावमा विदेशी स्याउ आयात बढेको बताइएको छ ।

चालु आवको भदौ महिनामा १६ हजार ७२ टन बढी स्याउ आयात भएको हो । नेपाली बजारमा चिनियाँ स्याउको बर्चस्व देखिएको छ ।

चालु आवको भदौ महिनासम्म चीनबाट ८६ करोड ३९ लाख ८२ हजार रुपैयाँ बराबरको स्याउ नेपाल भित्रिएको हो । उक्त अवधिमा चीनबाट ९ हजार ६७४ टन बढी स्याउ आयात भएको विभागले जनाएको छ ।

यस्तै, भारतबाट ४१ करोड ४३ लाख ९९ हजार रुपैयाँ बराबरको ताजा स्याउ आयात भएको देखिएको छ । उक्त देशबाट चालु आवको भदौ महिनासम्ममा ६ हजार ३७६ टन बढी स्याउ आयात भएको विभागले जनाएको छ ।

त्यसैगरि टर्कीबाट भने १३ लाख ८० हजार रुपैयाँ बराबरको २० टन बढी स्याउ आयात भएको छ । यी तीनै देशबाट स्याउ आयात हुँदा १२ करोड ३३ लाख ४० हजार रुपैयाँ राजस्व प्राप्त गरेको हो ।

नेपालमा उत्पादन हुने गरेको स्याउनको राम्रो ग्रेडिङ हुन नसक्नु र ढुवानीमा हुने कठिनाइका कारण पनि नेपाली उत्पादनले बजार नपाउने, किसानको लगानी नउठ्ने तर आयात भने प्रशस्त हुने गरेको छ ।

नेपालमै उत्पादित स्याउको बजार व्यवस्थापनमा ध्यान दिन सकेमा स्वदेशमै रोजगारी सृजना, आयआर्जन वृद्धि र आयात प्रतिस्थापन गर्न सकिने जानकारहरुको भनाई छ ।

यसले अर्थतन्त्रमा समेत धेरै ठेवा पुग्ने देखिन्छ । नेपाली उत्पादनलाई पूर्ण प्रयोगमा ल्याउन नसक्दा स्याउ आयातकै नाममा नेपालबाट वर्षेनी अर्बौ रकम विदेशीने गरेको छ । नेपालमा मुस्ताङ, जुम्ला लगायतका जिल्लामा स्याउ उत्पादन हुने गरेको छ ।

वि.सं.२०७८ असोज १४ बिहीवार १३:४१ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...