back
NMB ad

साढे २ महिनामा १ % पनि पुगेन पुँजीगत खर्च !

पुरा होला त हरेक महिना १० % बजेट खर्च गर्ने मन्त्री शर्माको योजना ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बित्दा पनि पुँजीगत खर्च १ प्रतिशतसम्म पनि पुग्न सकेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार ८.०४ प्रतिशत मात्रै बजेट खर्च भएको छ । ८.०४ प्रतिशत बजेट खर्च हुँदा राजस्व १७.२५ प्रतिशत संकलन भएको छ ।

कार्यालयका अनुसार यो अवधिमा १ खर्ब ३२ अर्ब ४९ करोड ५८ लाख रुपैयाँ बजेट खर्च हुँदा १ खर्ब ९८ अर्ब ६४ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले अध्यादेश मार्फत आएको बजेटलाई प्रतिस्थापन गर्न ल्याएको विद्येयकबाट बजेट खर्च तथा राजस्वको लक्ष्य घटाउनु भएको छ । मन्त्री शर्माले प्रतिस्थापन विद्येयक मार्फत चालु आवको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड बजेट विनियोजन गर्नु भएको छ ।

जसमा चालु तर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड, पुँजी तर्फ ३ खर्ब ७८ अर्ब १० करोड, वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ८९ करोड ९९ लाख रहेको छ । बजेटको संशोधनका क्रममा राजस्वको लक्ष्य १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ, वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।
असोज १३ गतेसम्म १ खर्ब ९८ अर्ब ६४ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै कर राजस्व तर्फ १ खर्ब ७७ अर्ब ९३ करोड १ लाख रुपैयाँ संकलन भएको छ भने गैह्र कर राजस्व तर्फ २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ संकलन भएको छ ।

असोज १३ गतेसम्म आईपुग्दा ९.७४ प्रतिशत अर्थात ९७ अर्ब ८५ करोड ३५ लाख रुपैयाँ चालु खर्च भएको छ । यस्तै पुँजीगत तर्फ ०.८८ प्रतिशत अर्थात ३ अर्ब ८१ करोड रुपैयाँ खर्च भएको छ ।

यता वित्तीय व्यवस्थातर्फ करिब साढे २ महिनाको अवधिमा ३० अर्ब ८३ करोड २३ लाख अर्थात १४.८२ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

बजेट खर्चको सुस्तताले गर्दा अर्थमन्त्री जनार्दन शर्माको प्रति महिना १० प्रतिशत बजेट खर्च गर्ने योजना सफल हुनेमा प्रश्न चिन्ह खडा हुन थालेको छ । दुई महिनाको अवधिमा ८.०४ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

मन्त्री शर्माको कार्यकालमा इतिहासमा पहिलो पटक आर्थिक ‘सट डाउन’ भएको छ । मन्त्री शर्माले भनेको जस्तो प्रतिमहिना १० प्रतिशत बजेट खर्च हुने सबैमा आशंका पैदा हुन लागेको छ ।

समयमा नै सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा समेत असर परेको छ । अहिले बैंकमा कर्जाको माग अत्यधिक बढेको छ भने निक्षेप संकलन घटेको छ ।

वि.सं.२०७८ असोज १४ बिहीवार १७:४६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...