back
NMB ad

रौतहटका किसानहरुलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम

Kumari bank ad

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट जिल्लाका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।

मेगा बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो ।

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत धान, दाल तथा मकै खेतीको पकेट क्षेत्रको रुपमा रहेको गुजरा, रौतहटका किसानहरुलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्र्तक्रिया समेत गरेको छ ।

कार्यक्रममा मेगा बैंकका माइक्रो बैंकिङ्ग विभाग प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ्ग सेवा सुविधाहरु, बचत, ऋण, रेमिटान्स, वचत गर्ने उपायहरु, वचत तथा ऋणको महत्वकोे बारेमा जानकारी दिनुभएको थियो ।

नेपाल कृषिप्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि ब्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उहाँहरुले जोड दिनुभयो ।

उर्वर नेपालसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।

साथै, मेगा बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरुबाट खरिद गर्न सक्नेछन् ।

किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा हो, जसले किसानहरुलाई बैंकिङ्ग साना कर्जा कारोवार गर्न सहज र सरल भएको छ ।

उत्त कार्यक्रममा उर्बर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्बर नेपाल रौतहटका जिल्ला संयोजक मनिष अधिकारी लगायतले उर्बर नेपालले किसानहरुको उत्पादन उर्बर बजार मार्फत उपभोक्ता समक्ष पहुँच पु्याउने ब्यहोरा बताउनु थियो ।

वि.सं.२०७८ असोज १४ बिहीवार १७:४६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...