back
NMB ad

शाखा कार्यालय संचालनका लागि घर भाडामा खोज्दै ज्योति विकास बैंक

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकले शाखा कार्यालय संचालनका लागि घर भाडामा खाजेको छ ।

बैंकले नुवाकोटको म्यागङ्ग गाउपालिका–५ मा शाखा कार्यालय संचालनका लागि घर भाडामा खोजेको हो ।

बैंकले एक सूचना निकाल्दै उक्त क्षेत्रमा न्युनत ८ सय वर्गफिट क्षेत्रफल भएको घर÷भवन आवश्यक रहेको जनाएको छ ।

उक्त क्षेत्रमा घर तथा भवन भाडामा दिन चाहाने इच्छुक घरधनीले आजैका मितिदेखि १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय सामान्य सेवा विभागममा गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नुसक्नेछन् ।

प्रस्तावित भवन मोटर बाटोसंग जोडिएको, सडक विस्तार योजना नपरेको, भवन निर्माण मापदण्ड अनुसार भुकम्प प्रतिरोधात्मक पिलर सिस्टबाट बनेको पक्की भवन हुनुपर्ने बैंकले जनाएको छ ।

यस्तै, भवनमा पानी, व्यवस्थित ढल तथा थ्रीफेज बिजुली आपूर्तिको व्यवस्था, बैंकलाई आवश्यक पर्ने बैकल्पिक विद्युत आपूर्तिको व्यवस्थाका वा जेनेरेटर राख्ने स्थान अनिवार्य रुपमा उलपब्ध भएको र कम्तीमा १० वर्षका लागि भवन उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ ।

यसका साथै एटीएम मेसिन जडान गर्नका लागि भुई तल्लाको मुख्य बाटोतर्फ आवश्यक स्थान उपलब्ध गरानुपर्ने छ ।

शिलबन्दी प्रस्ताव पेश गर्दा भवन निर्मित जग्गादको लालपुर्जा, भाडामा दिन चाहेको भवन रहेको स्थानको पूर्ण विवरण, स्वीकृत नक्सा, भवन निर्माणको सम्पन्न प्रमाणपत्र, प्रस्तावित भवनको प्रतिवर्गा फिट क्षेत्रको मासिक भाडा रकम लगायत उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १२:२४ मा प्रकाशित

You can share this post!

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...