back
NMB ad

अब सनराइज बैंकले बिना धितो १५ लाख रुपैयाँसम्म ऋण दिने !

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले सनराइज तलब कर्जा(पेरोला लोन) योजना सार्वजनिक गरेको छ ।

बैंकले विभिन्न संघ/संस्था तथा कार्यालयमा कार्यरत कर्मचारीलाई लक्षित गरी उक्त योजना ल्याएको हो ।

उक्त योजनाअन्तर्गत सनराइज बैंकमा सनराइज पेरोल सेभिङ्स खाता भएका कुनै पनि ग्राहकले बिना धितो १५ लाख रुपैयाँसम्मको कर्जा लिन सकिने बैंकले जनाएको छ ।

उक्त योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख रुपैयाँसम्मको ओभरड्राफ्ट र १० लाख रुपैयाँसम्मको टर्म लोन गरी अधिकतम १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।

 

बैंकका अनुसार कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने र कर्जा ५ वर्षसम्मको लागि प्रदान गरिने छ ।

त्यस्तै बैंकले आफ्नो १४ औं वार्षिकोत्सव र दसैँको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशतसम्मको ब्याज दिनेसमेत व्यवस्था गरेको छ ।

बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा एटीएम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आएको छ ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १४:५१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...