back
NMB ad

स्टार्टअप व्यवसायीको दक्षता अभिवृद्धिमा जुट्यो उद्योग संगठन

Kumari bank ad

विराटनगर । स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका चौबिस स्टार्टअप व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन उद्योग संगठन मोरङको आयोजनामा चार दिने वुट क्याम्प कार्यक्रम प्रारम्भ भएको छ ।

कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड ईनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले जबसम्म देशका युवा वर्गले आफनो सोचलाई व्यसायीकतामा रुपान्तरण गर्न सक्दैन तबसम्म देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउँनुभयो ।

उद्योग संगठन मोरङले नयाँ उद्यमशिलता विकासका सन्दर्भमा प्रारम्भ गरेको प्रयासलाई सफल बनाउन सबैमा आग्रह गर्नुभयो । उहाँले चार दिने वुट क्याम्प मार्फत प्रदान गरिने ज्ञान र शिपले स्र्टाटअप व्यवसायीहरुको सोच र अवधारणाको व्यवसायीक विकासका लागि नयाँ सम्भावना र आयामहरुको बारेमा दक्षता अभिवृद्धि गरीने बताउँदै कार्यक्रमको अन्तिम दिन हाट बजारको आयोजना गरी स्टार्टअपहरुको सम्बन्धमा जानकारी दिईने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण साझेदार संस्था अन्तरप्रेरणाका प्रमुख कार्यकारी अधिकृत निरज खनालले व्यवसाय प्रारम्भ गर्दा व्यवसायीले आफनो व्यवसायको भावि लक्ष्य निर्धारण गर्न अनुरोध गनुृभयो । तालिम अवधिमा सहभागिहरुको व्यापारलाई व्यवसायीक मोडलका रुपमा विकास गर्न बजार व्यवस्थापन, कर प्रशासन, वित्तीय श्रोत व्यवस्थाप र परिचालन, मानव संसाधन तथा जिन्सी व्यवस्थापन लगायतका विषयहरुमा सैद्धान्तिक ज्ञान प्रदान गरी विजनेश मोडल क्यान्भास तयार गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रीति कोईराला भट्टराईले प्रदेश नं. १ का हिमाल, पहाड र तराइबाट छनौट भएका चौबिस स्र्टाटअपहरुमा कृषि, जडिवुटी, सेवा, उत्पादन, अनलाइन व्यवसाय लगायतका स्र्टाटअप व्यवसायीहरुको सहभागिता रहेको बताउँदै वुट क्याम्पले छनौट भएका स्टार्टअपहरुको सोच र अवधारणालाई वास्तविक व्यवसायमा परिवर्तन गराउदै लगानीमैत्री वनाउन सहयोग पु¥याउने बताउनुभयो ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १५:१६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...