back
NMB ad

१५४ %ले बढ्यो चाँदी आयात, साढे ६ अर्ब बढीको आयात हुँदा ९१ करोडको गहना बाहिरियो

Kumari bank ad

काठमाडौं । नेपालमा चाँदी आयात ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको साउन महिना र भदौ महिनाको तुलनामा चाँदी आयात १५३.९८ प्रतिशतले वृद्धि भएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को साउन महिनासम्ममा २ अर्ब ६२ करोड १७ लाख ७७ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको थियो ।

तर, भदौ मसान्तसम्म आईपुग्दा ६ अर्ब ६५ करोड ८९ लाख २ हजार रुपैयाँको चाँदी आयात भएको हो ।

उक्त अवधिमा ६९ हजार १५२ केजी चाँदी आयात भएको विभागले जनाएको छ । नेपालमा चीन, हङकङ, स्वीटजरल्याण्ड, यूएई, टर्की लगायतका देशहरुबाट चाँदी आयात हुने गरेको छ ।

चालु आवको भदौ मसान्तसम्ममा सबैभन्दा बढी यूएईबाट आयात भएको देखिएको छ । उक्त देशबाट दुई महिनामै २ अर्ब ६ करोड ६४ लाख रुपैयाँ बराबरको चाँदी नेपाल भित्रएको विभागले जनाएको छ । यूएईबाट २१ हजार २०१ केजी बढी चाँदी आयात भएको विभागले जनाएको छ ।

सबैभन्दा बढी चाँदी आयात हुने देशको दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डबाट पनि २ अर्ब ६ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको नेपाल भित्रिएको छ । उक्त देशबाट भदौ मसान्तसम्ममा २१ हजार ५ सय केजी बढी चाँदी आयात भएको हो ।

यस्तै, हङकङबाट १ अर्ब ३७ करोड ३७ लाख २९ हजार रुपैयाँ बराबरको १४ हजार २५० केजी चाँदी आयात भएको छ ।

विभागका अनुसार उक्त अवधिमा टर्कीबाट २५ करोड ४ लाख ५१ हजार रुपैयाँ बराबरको चाँदी आयात भएको हो । चाँदी आयात हुँदा सरकारले ५८ करोड ७७ लाख ९७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

९ करोडको चाँदीका गहना निर्यात

चालु आवको भदौमसान्त सम्ममा नेपालबाट ९ करोडको १० लाख ९२ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको छ ।

विभागका अनुसार उक्त अवधिमा ५ हजार ५९ केजी बढी चाँदीका गहना विदेशी मुलुकमा पुगेको हो । नेपालबाट विश्वका एक दर्जन बढी मुलुकमा चाँदीका गहना निर्यात हुने गरेको छ ।

विभागका अनुसार नेपालीहरुबो बसोबास बढी रहेको देशहरुबाट र त्यहाँ बन्न नसक्ने गहना निर्यात हुने गर्दछ ।

चालु आवको दुई महिनामा सबैभन्दा बढी गहना अमेरिका निर्यात भएको छ । दुई महिनाको अवधिमा उक्त देशमा ६ करोड ६ लाख ९० हजार रुपैयाँ बराबरको गहना पुगेको छ ।

यस्तै, अष्ट्रेलियामा ७६ लाख ६७ हजार, जर्मनीमा ६२ लाख ९ हजार, क्यानडामा ४४ लाख २९ हजार, जापानमा २९ लाख ९७ हजार, मलेसियामा १९ लाख ८५ हजार, फ्रान्समा १६ लाख १० हजार, स्वीटजरल्याण्डमा १५ लाख ४८ हजार, ताइवानमा १० लाख ८८ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको छ ।

विभागका अनुसार बेलायतमा ९ लाख ५५ हजार, रसियन मुलुकमा ७ लाख ५० हजार, नेदरल्याण्डमा ६ लाख ९४ हजार, बेल्जिएममा ४ लाख २२ हजार र क्रोएटीयामा ४७ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको हो ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १७:१७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...