back
Mega Long Ad

शाखा कार्यालयका लागि घर भाडामा खोज्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंक लिमिटेडले घर भाडामा लिनका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको ठिमी शाखा स्थानान्तरणका लागि घर भाडामा लिन लागेको हो ।

बैंकले व्यापारिक क्षेत्रको मुख्या सडकमा अवस्थित घरको भुइँ तल्ला अथवा पहिलो र दोस्रो तल्लाको करिब १६ सयदेखि २ हजार वर्गफिटसम्म कार्पेट एरिया भएको घर घाडामा लिन लागेको जनाएको छ।

उक्त शाखाका लागि प्रस्तावित क्षेत्र मध्यपुर ठिमी नगरपालिका–४, हाल नेपाल बैंकको रहेको शाखाबाट मुख्य बजार सडकको दायाँ बायाँ करिब ४ सय मिटर क्षेत्रभित्रको घरहरु रहेका छन् ।

शिलबन्दी बोलपत्र पेश गर्दाए प्रस्तावित घर आरसीसी फ्रेम स्ट्रक्चरको हुनुपर्ने, पानी, बत्ति, बाटोको व्यवस्था भएको, भवनको भुइँ तल्लामा एटीएम र जेनेरेटर राख्ने स्थान उपलब्ध भएको हुनुपर्नेछ ।

सम्वन्धित निकायमबाट घरको नक्सा पास भएको तथा निर्माण सम्पन्न प्रमाणपत्र लिएको, सडकको मापदण्डभित्र नपर्ने र घर भाडामा दिने नयुनतम समयावधि १० वर्ष र त्यसपछि नविकरण गर्न सकिने बैंकले जनाएको छ ।

शिलबन्दी प्रस्ताव ढाँचा (निवेदन फाराम) बैंकको सामान्य सेवा विभाग वा बैंकको वेवसाइट बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

वि.सं.२०७८ असोज १७ आइतवार १२:५४ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...