back
NMB ad

सिटिजन्स बैंकद्वारा ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवा सुरु, के-के छन् विषेशता ?

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंकले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

बैंकले बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो । हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्नु अघि इ–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुबिधा थप गरेको छ ।

यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । यस स्तरोन्नत्ती संगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरी रहेका १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

साथै कोभिड–१९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी बैंकले मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

वि.सं.२०७८ असोज १७ आइतवार १६:१९ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...