back
NMB ad

बोनसदर घोषणा गर्दै जीवन बीमा कम्पनी, कुनको कति ?

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेको विभिन्न जीवन बीमा कम्पनीहरुले धमाधम बोनस दर घोषणा गर्न थालेका छन् ।

अहिलेसम्म मेट लाइफ, ज्योति लाईफ, प्राइम लाइफ, रिलायन्स लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस दर सार्वजनिक गरेका छन् ।

अहिलेसम्म बोनसदर सार्वजनिक गरेका बीमा कम्पनीमा सबैभन्दा धेरै मेट लाइफ इन्स्योरेन्सको रहेको छ । जसले न्यूनतम ४५ देखी अधिकतम ८० रुपैयाँसम्म बोनस दिने सूचना जारी गरेको छ ।

मेट लाइफ भन्दा केही कम बोनस दिने कम्पनीमा ज्योति लाइफ र प्राइम लाइफ इन्स्योरेन्स रहेका छन् । यी दुवै कम्पनीले ७५ रुपैयाँसम्म बोनस दिने भएका छन् । यस्तै रिलायन्स लाइफले ६० र महालक्ष्मी लाइफले ५२ रुपैयाँसम्म बोनस दिने घोषणा गरेका छन् ।

कम्पनीले जारी गरेको सूचना अनुुसार मेट लाइफ इन्स्योरेन्सले मृत्यु दाबी, समर्पण मुल्य दावी, चुक्ता मुल्य दावी, अवधि भुक्तानी दावी र चालु बीमा लेखमा लागू हुने जनाएको छ । सबै कम्पनीको बोनस दर प्रति हजारमा रहेको छ ।

कम्पनीका अनुसार सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर तोकिएको छ । यो बोनस बीमितले पाउने हो ।

सावधिक जीवन बीमा तर्फ १ देखि १५ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि ८० रुपैयाँ बोनसदर तोकिएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखतर्फ १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ र २१ वर्ष अवधि वा सो भन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर तोकेको छ ।

प्राइम लाइफ

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६-७७ को बोनसदर घोषणा गरेको छ ।
कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम ३५ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखको हकमा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३५ रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५० रुपैयाँ, २५ वर्षदेखि माथि अवधिके लागि ७० रुपैयाँ बोनसदर कायम गरेकोे छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ९४ हजार ४ सय २६ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावाधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख मात्रै १३ हजार ७ सय ५२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमा अन्तर्गत ९ वर्ष सम्मको लागि कुनै पनि बोनस छैन ।

१० देखि १४ वर्ष अवधि सम्मको लागि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर रहेको छ ।

कम्पनीले प्राइम जीवन उपहार (अग्रिम भुक्तानी तथा सावाधिक) बीमा लेखमा ३२ र अन्य (म्यादी जीवन बीमा) लेखमा प्रति हजार ४० रुपैयाँ बोनस रहेको छ । बीमालेखहरुमा, मृत्यु दाबी , पुर्ण वा आंशिक अवधि दाबी भुक्तानी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखहरुमा यस बोनसदर कायम हुने जनाएको छ ।

ज्योती लाइफ

ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६-२०७७ को लागि बोनसदर घोषणा गरेको छ । कम्पनीले सार्वजनिक गरेको बोनस दरमा प्रतिहजार न्युनतम ४३ देखि ७५ रुपैयाँसम्म रहेको छ ।

कम्पनीका अनुसार सावधिक बीमालेख योजना अन्तर्गत ९ वर्ष अवधिसम्मको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि अवधिसम्मका लागि ७५ रुपैयाँ बोनस रहेको छ ।

सावधिक तथा आजीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको लागि ७५ रुपैयाँ बोनस रहेको छ ।
अग्रिम भुक्तानी बीमालेख योजनामा १० देखि १४ वर्ष अवधिसम्मको लागि ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ बोनस कायम गरिएको छ ।

रिलायन्स लाइफ

रिलायन्स लाइफ इन्स्योरेन्सले २०७६-७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । जसको बोनस न्यूनतम १९ रुपैयाँदेखी ६० रुपैयाँसम्म रहेको छ ।

कम्पनीका अनुसार सावधिक बीमा लेखमा ९ वर्ष अवधिसम्मको लागि ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको बीमा लेखमा ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ प रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस दर घोषणा गरिएको छ ।

यस्तै सावधिक तथा आजीवनतर्फ ९ वर्ष अवधिसम्मको लागि प्रति हजारमा ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथिको अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक तर्फ १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ र २० देखि २४ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ रहेको छ ।

यता वार्षिक अग्रिम भुक्तानी–मुद्दति नियमित शुल्कतर्फ ९ वर्ष अवधिसम्मको लागि २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि २४, १५ देखि १९ वर्ष अवधिसम्मको लागि २४, २० देखि २४ वर्ष अवधिसम्मको लागि २४ र २५ वर्ष वा सो भन्दा माथिको बीमा लेख खरिदमा २४ रुपैयाँ रहेको छ ।

वार्षिक अग्रिम भुक्तानी–मुद्दती एकल बीमा शुल्कमा ९ वर्ष अवधिसम्मको लागि ५४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ५४, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ५४, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५४ र २५ वर्ष वा सो भन्दा माथिको बीमा लेख खरिदमा २४ रुपैयाँ नै प्राप्त गरेका छन् । सामुहिक सावधिक बीमा लेखमा ९ देखी २५ वर्ष वा सो भन्दा माथीको बीमा लेख खरिदमा प्रति हजार १९ रुपैयाँ बोनस पाउने छन् ।

यो बोनस दर मृत्यु दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालु बीमालेखमा लागु हुनेछ । साथै अर्को बीमाङ्की मूल्यांकन अनुसार बीमा समितिबाट अर्को व्यवस्था गर्न स्वीकृत नभएसम्म उल्लेखित दाबीहरुमा समेत यहि बोनसदर लागु हुने छ ।

महालक्ष्मी लाइफ 

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६-२०७७ को लागि नयाँ बोनस दर सार्वजनिक गरे.को छ । कम्पनीले बीमालेख खरिद गर्नेलाई प्रति हजार न्युनतम ४० देखि ५२ रुपैयाँसम्म रहेको छ ।

कम्पनीका अनुसार महालक्ष्मी सावधिक जीवन बीमा तर्फ ५ देखि १५ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ५१ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनस दिने भएको छ ।

महालक्ष्मी सरल जीवन बीमा लेख अन्तर्गत ५ देखि १५ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र १६ देखि २५ वर्ष अवधिसम्मको लागि प्रति हजार ५१ रुपैयाँ बोनस दिने भएको छ ।

तोकेको छ । कम्पनीले ५ देखि १५ वर्ष अवधिको ४ सय २६ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

यस्तै महालक्ष्मी जीवन हेरचाह बीमा अन्तर्गत ५ देखि १५ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिसम्मको लागि ५१ रुपैयाँ बोनस रहेको छ । महालक्ष्मी बार्षिक धनफिर्ता बीमाको लागि सबै अवधिको लागि ४० र महालक्ष्मी आजीवन बीमा तर्फ सबै अवधिको लागि प्रति हजार ५० रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ असोज १७ आइतवार १६:३५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...