back
Mega Long Ad

साधना लघुवित्तको साधारणसभा कात्तिक १३ गते, सेयरधनीलाई २५ प्रतिशत बोनस

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले पाँचौ वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ ।

कम्पनीले आउँदो कात्तिक १३ गते शनिबार सभा गर्ने भएको हो । कम्पनीको असोज १७ गते बसेको संचालक समितिको ९८औं बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट हाम कायम चुक्ताँपुँजी २५ करोड ६९ लाख ८० हजार ४ सय रुपैयाँको २५ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृत गर्ने विशेष प्रस्ताव रहेको छ ।

साथै सोही आवको सोही चुक्ता पुँजीको १.३१ प्रतिशतले हुने रकम ३३ लाख ८१ हजार ३२१ नगद लाभांश(बोनस सेयर वापतको कर प्रयोजनका लािग मात्र) वितरण स्वीकृत गर्नेछ ।

यसका साथै निकट भविष्यमा कुनै पनि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित सम्वन्धी उपयुक्त कार्य, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

सभा प्रयोजका लागि कम्पनीले कात्तिक ३ गतेदेखि १३ गतेसम्म बुक क्लोज रहने जनाएको छ ।

वि.सं.२०७८ असोज १८ सोमवार १०:५५ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...