काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्यमा घटबढ भएको छैन ।
अघिल्लो दिन ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजावी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन पनि सोही मूल्य कायम भई किनबेच भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि कुनै थपघट भएको छैन । अघिल्लो दिन प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ असोज १८ सोमवार ११:०४ मा प्रकाशित