back
Mega Long Ad

प्रभु क्यापिटलको डबल धमाका अफर

काठमाडौं । प्रभु क्यापिटलले दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा डलब धमाका अफर ल्याएको छ । क्यापिटलले प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोलेर निःशुल्क शेयर बजार सम्बन्धी तालिम लिन सकिने छ ।

यो योजनामा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालिम प्रदान गरिनेछ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तर्गत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।

यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई हामीले प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई सेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्ने जनाएको छ ।

जसमा नेपालको सेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारीसहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।

यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिपर्नेछ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।

यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ । यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ ।

वि.सं.२०७८ असोज १८ सोमवार ११:४६ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...