काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यतिबेला मैलुङ खोला जलविद्युत कम्पनी र आशा लघुवित्तको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म मैलुङ खोलाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२.५० रुपैयाँले बढेर ३५७ रुपैयाँ ९० पैसा कायम भएको छ ।
यस्तै, आशा लघुवित्तको सेयर मूल्य भने ९.४५ प्रशितले वृद्धि भएको हो । यतिबेला कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४६ रुपैयाँले वृद्धि भई १ हजार ६९१ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ असोज १८ सोमवार १२:३७ मा प्रकाशित