काठमाडौं । एनएमबि बैंकको संस्थापक सेयरधनीको ४० हजार हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनी विष्णु प्रसाद भट्टाईले आफ्नो नाममा कायम रहेको संस्थापक सेयर बिक्री गर्न लाग्नुभएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आजैका मितिदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
तोकिएको समयभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनैपनि निवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति, संस्थाहरुलाई बिक्री गर्न प्रक्रिया अगाडि बढाईने बताइएको छ ।
वि.सं.२०७८ असोज १८ सोमवार १२:५७ मा प्रकाशित