काठमाडौं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
यो समाचार तयार गर्ने बेलासम्म आशा लघुवित्तको सेयर मूल्यमा सकरात्मक सकिट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५४.५० रुपैयाँले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य १ हजार ६९९.५० रुपैयाँ पुगेको छ ।
यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाको ९.८३ प्रतिशतले वृद्धि भएको छ ।
यो संगै सर्पोट माइक्रोफाइनान्सको ७.९२ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ६.८४, साधना लघुवित्त वित्तीय संस्थाको ६.४९ प्रतिशतले वृद्धि भएको हो ।
वि.सं.२०७८ असोज १८ सोमवार १४:२१ मा प्रकाशित