back
Mega Long Ad

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा

काठमाडौं । आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ ।

जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे मिस युनिभर्स २०२१ को लागि डिजिटल भुक्तानी साझेदार बनेको छ ।

मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपालले २०२१ को लागि सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ ।

यस बर्षको छोटो तर प्रभावकारी कार्यक्रमको फाइनल अक्टुबर ३० मा सम्पन्न हुँदैछ भने अक्टुबर १० मा क्वार्टर फाइनल पूरा हुने प्रबन्ध रहेकाले यस बेला शीर्ष ५० प्रतियोगीहरु ताजको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

आइएमई पे मिस युनिभर्स नेपाल २०२१ को डिजिटल भुक्तानी साझेदार रहने छ । जस अन्तरगत मिस युनिभर्स नेपाल २०२१ को सम्पूर्ण भोटिङ्ग गतिविधिहरु आइएमई पेको डिजिटल वालेट एप मार्फत हुनेछ ।

उक्त एप एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएस उपकरणहरुका लागि एप स्टोरमा उपलब्ध छ । प्रतियोगिताको अनुभव दर्शक र फ्यानहरुको लागि उत्तिकै महत्वपूर्ण छ जति प्रतियोगिहरुका लागि ।

तसर्थ यस साझेदारीले प्रतियोगिताको समावेशीकरणको साझा दृष्टिकोणलाई अझ बुलंद पार्नेछ भन्ने हाम्रो विश्वास छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय र व्यापक रूपमा प्रयोग गरीएको डिजिटल भुक्तानी पोर्टल आइएमई पे अब फ्यानहरुले आफ्नो मनपर्ने प्रतियोगिलाई अगाडी बढाउन मद्दत गर्ने साधन बनेर आएको छ ।

अघिल्लो बर्ष जस्तै, क्वार्टर फाइनलका लागी जजिंग स्कोर र भोटिङ्ग मिलाएर औसत अंक निर्धारण गरिनेछ । तथापि, प्रतियोगिता अगाडि बढेसंगै मोडालिटी पनि परिवर्तन हुँदै जानेछ ।

वि.सं.२०७८ असोज १८ सोमवार १८:१२ मा प्रकाशित

You can share this post!

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

दुग्ध प्रशोधन केन्द्र चलाउँदै सहकारी

वि.सं.२०७८ कात्तिक ६ शनिवार १७:१९

तनहुँ । तनहुँको एक सहकारीले दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्ने...

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

महोत्तरीमा तीन हजार ७० हेक्टर धान बालीमा क्षति

वि.सं.२०७८ कात्तिक ६ शनिवार १६:५५

महोत्तरी । बेमौसमी बर्षाका कारण महोत्तरीमा ३ हजार ७२ हेक्टर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई हुँदा भारतलाई फाइदा

वि.सं.२०७८ कात्तिक ६ शनिवार १२:५१

बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण सम्पन्न...

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

गभर्नर अधिकारीको आश्वासनः लगानीमा ब्याजदर बढ्दैन

वि.सं.२०७८ कात्तिक ६ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा...

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परी १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:५०

काठमाडौं । अविरल वर्षाको कारण कात्तिक १ गतेदेखि देशका विभिन्न...

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

शनिबार पनि आरटिजीएस प्रणाली चल्ने

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १६:३९

काठमाडौं । शनिबार पनि आरटिजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली...