काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत शनिवार यूरोलोजिष्ट र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपिडी संचालन गर्ने भएको हो ।
यूरोलोजिष्टको टिमले निःशुल्क ओपिडी सेवा संचालन गरिने अस्पतालले जनाएको छ । बिहान १० देखि मध्यान्ह १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गरिने भएको छ ।
यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छाति तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यले निःशुल्क ओपिडी संचालन गर्नेछन् । छाति तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपिडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् ।
नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।
वि.सं.२०७८ असोज १९ मंगलवार १२:१७ मा प्रकाशित