back
NMB ad

सिभिल सहकारी ठगी प्रकरण : यी हुन् सिभिल बैंकका अध्यक्ष तामाङसहित पक्राउ परेका १२ जना

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संगठित रुपमा सहकारी ठगी गरको आरोपमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

सीआईबीले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाबाट निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा १२ जना व्यक्ति पक्राउ गरेको हो ।

ब्यूरोले सभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष तथा सिभिल बैंकका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संचालक समितिको अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवान सिंह, जुनियर असिसटेन्ट मेनेजर मायोनानी महर्जन, एलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिसटेन्ट संगित श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जनलाई पक्राउ गरेको हो ।

यस्तै, पक्रा पर्नेमा जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, सिभिल होम्सका बरिष्ठ प्रबन्धक विजय विक्रम शाह र पूर्व लेखा समिति सदस्य हरिहर लामिछानेलाई सीआइबीले पक्राउ गरेको हो ।

सहकारीका १३७ जना जना पिडित बचचकर्ताहरुले बचत तथा मुद्धती खातमा रहेको कुल ७० करोड ८७ लाख १३ हजार ८ सय २१ रुपैयाँ ३२ पैसा रकम संगठित रुपमा सहकारीले ठगी गरेको आरोप छ । आरोपमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि कानूनी कारवाही भईरहेको सीआईबीले जनाएको छ ।

साथै अन्य निक्षेपकर्ता तथा सर्वसाधारणहरुले उक्त सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाएको भए कानून बमोजिम आवश्यक अन्य थप कारवाहीका लागि समेत ब्यूरोमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

वि.सं.२०७८ असोज १९ मंगलवार १५:२९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...