काठमाडौं । साताको चौंथो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधवारका लागि तेजावी सुनको मूल्य ८९ हजार ४५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ८९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
उक्त दिन चाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन १ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुने महासंघले जनाएको छ ।
वि.सं.२०७८ असोज २० बुधवार ११:०९ मा प्रकाशित