काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको असोज १९ गते मंगलबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
उक्त लाभांश अब राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ असोज २० बुधवार ११:२० मा प्रकाशित