back
NMB ad

नेपाल बजार बिक्री प्रतिनिधी संघ र एनटिपी टुरिजम अफयर्स कलेजबीच सहकार्य

Kumari bank ad

काठमाडौं । नेपाल बजार बिक्री प्रतिनिधी संघले पनि आफ्ना सदस्यहरुको क्षमता अभिबृद्धि तथा व्यक्तिगत विकासका लागि एनटिपी टुरिजम अफयर्स कलेजसंग सहकार्य गरेको छ ।

सम्झौता अनुसार अब नेपाल बजार बिक्री प्रतिनिधी संघका सदस्य र तीनका एकाघरमा आश्रीत पारिवारिक सदस्यहरुले उक्त कलेजमा अध्ययन/अध्यापन गरिने शैक्षिक कार्यक्रमहरुमा नियमानुसार भर्ना भई अध्ययन गर्दा बिशेष सहुलियत उपलब्ध गराईने भएको छ ।

सोही अवसरमा नेपाल बजार बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष सुर्यप्रसाद पराजुलीले कलेजसंगको सहकार्यले बिक्री बितरण पेशाकर्मीहरुको व्यक्तिगत विकासमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, बजारीकरण हाम्रो समाजको पुरानो पेशा भए पनि पेशाकर्मीहरु नै एक किसीमले अदृश्य रुपमा रहेको बजार र बिक्री कर्मलाई प्राज्ञिक सहभागिताले विशिष्टकृत र बैज्ञानिक बनाउंदै लैजाने कलेजका अध्यक्ष दिनेशकुमार कण्ठले बताउनुभयो ।

झण्डै एक दशकदेखि सञ्चालनमा रहेको यस कलेजका शैक्षिक कार्यक्रमहरु थाईल्याण्डको श्रीपातुम विश्व–विद्यालयसंगको सम्बन्धन तथा नेपाल सरकारको शिक्षा मन्त्रालयबाट अनुमति प्राप्त गरी त्रिविबाट सम्बन्धित बिषयमा समकक्षताको मान्यता प्राप्त गरेको छ ।

काठमाडौंको डिल्लीबजार स्थीत सञ्चालनमा रहेको यस एनटिपी टुरिजम अफयर्स कलेजले स्नातलक तहमा होटल म्यानेजमेन्ट तथा स्नाकोत्तर तहमा एमबिए शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दछ ।

कलेजले नेपाल नै पहिलो पटक स्ट्राटेजिक मार्केटिंग बिषयमा स्नाकोत्तर तहको व्यापार व्यवस्थापन (एमबिए) शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

उच्च शिक्षामा यस्तो किसीमको बिशिष्टकृत अध्ययन अध्यापनले बिभिन्न शैक्षिक तथा सामाजिक पृष्टभुमीबाट बिबिध बस्तु तथा सामाग्रीहरुको बजार तथा बिक्री पेशामा संलग्न पेशाकर्मीहरुको क्षमता अभिबृद्धि हुनुका साथै पेशालाई नै व्यवसायिक र मयार्दित बनाउन मद्दत पुग्ने बताइएको छ ।

वि.सं.२०७८ असोज २० बुधवार १२:०२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...