back
Mega Long Ad

प्रतितोला ५ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा झर्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

छापावाला सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो । एक वर्षको अवधिमा छापावाला सुनको मूल्य उक्त रकमले घटेको हो ।

गत वर्षको असोज २० गते र यस वर्षको सोही दिनको तुलनामा सुनको मूल्य ५ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको असोज २० गते प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन यस वर्षको सोही दिनसम्म आईपुग्दा ८९ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, गत वर्षको असोज २० गते ९४ हजार ४ सय रुपैयाँमा खरिदिबिक्री भएको तेजावी सुनको मूल्य पनि यो वर्षको सोही दिन ८९ हजार ४५० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

त्यसैगरि उक्त अवधिमा चाँदीको मूल्य पनि घटेको छ । गत वर्षको असोज २० गते र यस वर्षको सोही दिनको तुलनामा चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो ।

गत वर्षको सोही दिन चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँ कायम भई कारोबार भएको थियो । तर, यस वर्षको असोज २० गते भने घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७८ असोज २० बुधवार १०:०६ मा प्रकाशित

You can share this post!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १८:०३

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा ५ हजार ४२५...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट भोलि: भाग्यमानी ८ लाख १९ हजारलाई १०/१० कित्ता, तपाईलाई पर्ला त ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:३२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँटका लागि मिति...

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

बन्द भयो लाइसेन्सको अनलाइन आवेदन, अब कहिले खुल्छ ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १७:१९

काठमाडौं । सोमबारदेखि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को...

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

विद्युत् महसुुल दर घटाउने र डिमाण्ड शुल्क नबढाउने निर्णय स्वागतयोग्य : महासंघ

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:५९

काठमाडौं । विद्युत महशुुल दर घटाउने र विद्युत डिमाण्ड शुल्क नबढाउने...

एमालेको स्थायी कमिटी बैठक सुरु

एमालेको स्थायी कमिटी बैठक सुरु

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४९

काठमाडौं । एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।...

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

एनआईसी एशिया लघुवित्तले कहिले गर्दैछ बुक क्लोज ?

वि.सं.२०७८ कात्तिक ११ बिहीवार १६:४१

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साधारणसभा प्रयोजनका लागि...