back
NMB ad

ओपोद्वारा लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनशिपका लागि पार्टनरशिपको घोषणा

Kumari bank ad

काठमाडौं । विश्वस्तरिय प्राविधिक ब्राण्ड ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससंग पार्टनरशिपको घोषणा गरेको छ ।

यो पार्टनरशिप ओपोले सन् २०१९देखि रायोट गेम्ससंग हस्ताक्षर गरेको बहु बर्षिय सम्झौताकै अंश हो ।

पार्टनरशिपले ओपोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउनेछ ।

यस बर्ष ओपोले फाइनल्समा अद्वितिय प्रदर्शनी मार्फत ब्याटग्राउण्डमा कब्जा जमाउन सफल खेलिडीहरुलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ ।

साथै, ओपोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिंग हाईलाइट्स तथा ब्यवसायिक खेलाडी तथा टिमहरुका अन्तरवार्तापनि प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

यसले दर्शक–श्रोतालाई फाइनल गेम तिरको प्रगति र ब्यवसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ ।

‘यस बर्षपनि रायोट गेम्ससंगको पार्टनरशिपलाई निरन्तर्ता दिन पाउँदा हामी हर्षित छौँ । लिग अफ लेजेन्ड्सले हामीलाई विश्वभरका गेमर्स माझ ओपोलाई परिचित गराउन एक सटीक प्ल्याटफर्म उपलब्ध गराएको छ । अझ महत्वपूर्ण कुरा भनेको ब्यवसायिक खेलाडीहरुको अटल भावना, उत्पादन तथा प्रविधिका सवालमा नवप्रबर्तनका लागि ओपोको अथक प्रयास र प्रतिबद्धता समान छ । हामी आफ्ना प्रयोगकर्ताका लागि समग्र उत्कृष्टता र अभूतपूर्व अनुभव प्रदान गर्न निरन्तर प्रतिबद्ध र प्रयाशरत छौँ’, ओपोको ग्लोबल मार्केटिंगका उपाध्यक्ष तथा अध्यक्ष विलियम ल्यूले भन्नुभयो ।

‘पछिल्लो बर्षको सफल पार्टनरशिपका आधारमा ओपोलाई लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१को प्रायोजकका रुपमा पाउँदा हामी निकै उत्साहित छौँ ।

खेलका लागि पहिलो वैश्विक स्मार्टफोन पार्टनरका रुपमा ओपो विश्वभरका ईस्पोर्ट्स खेलाडीहरु माझ सर्वाधिक प्रभावशाली प्राविधिक ब्राण्ड मध्य एकका रुपमा परिचित भइसकेको छ । हामी फाइनल्समा ओपोले दर्शकका लागि प्रस्तुत गर्ने विशेष प्रस्तुति हेर्न उत्साहित छौँ’, रायोट गेम्समा ईस्पोर्ट्सका लागि ग्लोबल हेड जोन निधामले भन्नुभयो ।

यस बर्षको फाइनल्सको थिम ‘मेक÷ब्रेक’ राखिएको छ । यसले असम्भवलाई तोडेर नयाँ सम्भावना निर्माणका लागि आवश्यक साहसको प्रतिनीधित्व गर्छ ।

निर्माणका लागि निर्माणका लागि यो खोज संगै ओपो फाइन्ड एक्स सिरिज, फाइन्ड एक्सथ्री प्रोले संसारलाई १०–बिट कलरमा खिचेर कैद गर्न मात्र नभई बिलियन रंग सहितको स्क्रिन डिस्प्लेपनि उपलब्ध गराउँछ ।

साथै, फाइन्ड एक्सथ्री प्रोमा कलरओएस ११.२को अंशका रुपमा ईन हाउस कलर भिजन इनह्यान्समेन्टपनि उपलब्ध गरिएको छ ।

यसले कलर भिजन डिफिसियन्सीबाट प्रभावित मानिसहरुका लागि सम्भावित पोटेन्सियल स्क्रिन क्यालिबरेशन र अप्टिमल्लि कलर करेक्टेड दृश्य प्रस्तुत गर्छ ।

फाइन्ड एक्सथ्री प्रोमा उपलब्ध गरिएको कलर क्यापेबिलिटी र सुलभ डिजाइन अभूतपूर्व छ । ओपोले स्मार्टफोनमा रंगको सिमाना नाघेर नयाँ सम्भावनाहरुको निर्माण गरेको छ ।

उपभोक्ता केन्द्रित ब्राण्डका रुपमा मोबाइल गेमर्सका आवश्यकता ओपोले स्पष्टरुपमा बुझेको छ । यसले गर्दा कम्पनीले कलरओएस मातहतको गेमिंग मोड मार्फत रुकावत रहित गेमिंग अनुभव प्रदान गर्छ ।

गेमिंग मोडको प्रयोग गरे पश्चात गेमिंग गरिरहेका बखत खेलाडीलाई नोटिफिकेशन्स, म्यासेजेज् वा कलले डिस्टर्ब गर्दैन ।

यसले गर्दा गेमर्सले रुकावतरहित इमर्सिभ गेमिंग अनुभवको मज्जा लिन सक्छन् । विश्वब्यापी ईस्पोर्ट्स समुदायसंग घनिष्टरुपमा संलग्न हुने ओपोको आशा छ ।

साथै, फाइनल्समा प्रदर्शित ब्यवसायिक खेलाडीहरुको भावनाले दर्शकलाई पनि आफ्ना सपना तिर अग्रसर हुन प्रेरित गर्ने ओपोको विश्वास छ ।

मोस्ट हाई स्टेक्स प्रतिस्पर्धाका रुपमा परिचित, द लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनशिप २०२१ (एस११)मा ११ देश तथा क्षेत्रका उत्कृष्ट समूहहरुको सहभागिता रहनेछ ।

अक्टोबर ५ मा सुरु हुने यो स्पर्धा नोवेम्बर ६मा एंजेभ्यागो ८, १०४ रेकेभिक, आईसल्याण्डमा आयोजना हुने फाइनल्स संगै समापन हुनेछ ।

वि.सं.२०७८ असोज २० बुधवार १४:२६ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...