back
Mega Long Ad

भोलीदेखि काठमाडौँ महानगरले पर्व लक्षित कोरोना खोप कार्यक्रम सञ्चालन गर्ने

‘१८ बर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट खोप’

काठमाडौं । काठमाडौं महानगरपालिकाले दशै पर्व लक्षित गरेर १८ बर्ष माथिका सबै नागरिकका लागि ३ दिन कोरोना विरुद्धको खोप कार्यक्रम चलाउने भएको छ ।

असोज २२ गतेदेखि सुरु हुने कार्यक्रम २४ गते अपरान्हसम्म सबै वडामा चल्नेछ । यो पहिलो डोज लिनेका लागि मात्रै हो । ‘पर्वको समयमा युवाहरु धेरै सक्रिय हुन्छन् । सकेसम्म भीड नगर्नोस् । मास्क प्रयोग गर्नोस् भन्ने हाम्रो अनुरोध हो’ जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भन्नुभयो ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ बर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागेका हौँ ।’ कुँवरका अनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानु पर्नेछ ।

महानगरका ३२ वटाको खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ ।vaccine.mohp.gov.np बाट विद्युतीय नाम दर्ता गराउन सकिन्छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १६:३५ मा प्रकाशित

You can share this post!

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

१ लाख बढी ऋणीले लिए १ खर्ब १८ अर्ब सहुलियत कर्जा, १ खर्ब ८७ अर्ब कर्जा बक्यौता

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:२०

काठमाडौं । राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा...

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

दुई महिनामा संघीय सरकारले खर्चियो ८९ अर्ब ९४ करोड, प्रदेशको कति ?

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:१९

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा संघीय सरकारले ८९...

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

६.६ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:११

काठमाडौं । चालु आर्थिक वर्ष दुई महिनाको अवधिमा कुल विदेशी...

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

चालु खाता १ खर्ब, शोधनान्तर स्थिति ८३ अर्ब घाटामा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:०६

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा चालु खाता १...

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वैदेशिक रोजगारीमा जानको संख्या उल्लेख्य वृद्धि, हुण्डीको कारण रेमिट्यान्स घट्दो  

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५८

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा विप्रेषण आप्रवाह ६.३...

सस्तियो नेपालीको भान्सा

सस्तियो नेपालीको भान्सा

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५७

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा मुद्रास्फिीति घटेको...