back
NMB ad

मल ल्याउन नसकेर कालोसूचीमा परेको मुक्तिनाथ कृषि कम्पनीले आइपीओ निष्काशन गर्ने

Kumari bank ad

काठमाडौं । सरकारले तोकेको समयमा मल ल्याउन नसकेको मुक्तिनाथ कृषि कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

गत आर्थिक वर्ष २०७७–७८ मा उक्त कम्पनीले २५ हजार टन युरिया र २५ हजार टन डीएपी आपूर्ति गर्ने ठेक्का पाएको थियो । तर, उक्त कम्पनीले समयमा नै मल आयात गर्न नसकेपछि कृषि सामग्री कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेख्दै कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

त्यही अनुसार नै उक्त कार्यालयले दुई वर्षका लागि कालोसूचीमा राखेको छ । कालो सूचीमा राखेको समय नसकिँदै कम्पनीले आइपीओ निष्काशनको तयारी थालेको छ । कालो सूचीमा रहेको मुक्तिनाथ कृषि कम्पनीलाई उक्त अवधिदेखी दुई वर्षको लागि सरकारी ठेक्का रोक लगाइएको छ । तर आइपीओ भने ल्याउने तयारीमा जुटेको छ ।

तत्कालित समयमा मुक्तिनाथ कृषि कम्पनीले युरिया प्रतिटन ३१७.१७ डलर र डीएपी ३९८.७९ डलर प्रतिटनका दरले ल्याउन टेन्डर पारेको थियो । मल ल्याउन नसकेपछि करिब ११ करोड रुपैयाँ धरौटी नै जफात समेत भएको थियो ।

त्यही कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँका दरले ४ करोड रुपैयाँको ४ लाख कित्ता आइपीओ निष्कासन गर्न भन्दै निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतापत्रमा कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १७:३४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...