back
NMB ad

नेपाली बजारमा ‘टाटा इन्ट्रा भी २०’ बढ्दो लोकप्रियता, यस्ता छन् फरक नयाँ फिचर, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । टाटा इन्ट्रा गाडी नेपाली बजारमा निकै प्रभावकारी मानिएको छ । नेपाली बजारमा यो गाडी भीट १० र भी २० गरी दुई मोडेलमा उपलब्ध छ ।

टाटा मोटरर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले इन्ट्रा गाडी बिक्री गर्दै आएको छ । पछिल्लो समय नेपाली बजारमा भित्रिएको भी २० गाडी ग्राहकको रोजाईमा पर्न सफल भएको छ ।

झट्ट हेर्दा पनि आकर्षक डिजाईन रहेको यो गाडी १४ सीसी र ४ सिलिण्डरको हो । यो अलिबढी लामो यात्राका लागि उपयुक्त मानिएको कम्पनीले जनाएको छ ।

यसमा बीएसपोर इन्जिन रहेको छ । जसले प्रदुषण कम गर्छ । माइलिज, इन्जिनको लाइफ लगायतमा धेरै फरक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भी २० दिनमा ७ सयदेखि १ हजार किलोमिटरसम्म ओहोर दोहोर गर्न सक्दछ ।

यसको डिजाइन एरोडाइनामिक रहेको छ । जसलाई फेशपिल जिडाइन पनि भनिन्छ । यो ठुलो वीन्ड स्क्रीन भएको गाडी हो । जसले चालकलाई धेरै टाढासम्म देख्नका लागि सहज हुन्छ । यसमा सुविधा सम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर पनि रहेको छ ।

यसको भरपर्दाे एंव विश्वसनीय इन्जिन, गियर बक्स, क्राउनर च्यासिसको सम्योजनले समस्टिमा न्यून मर्मत खर्च गराउँने कम्पनीले जनाएको छ ।

यो अन्य सामान बोक्ने गाडीहरु भन्दा पनि अलि आकर्षक रहेको छ । यसमा क्रोमको प्रयोग गरिएको छ । यसको लम्बाई ८.३ फिटको रहको छ । यसको सेग्मेन्टमा यो एकदमै फराकिलो र बीड क्वालिटी पनि मजबुत रहेको कम्पनीले जनाएको छ ।

यसको बोक्न सक्ने क्षमता पहाडी क्षेत्रमा ११ सय केजी अर्थात ११ क्वीन्टल रहेको छ । सहरी क्षेत्र अथवा काठमाडौं उपत्यका भित्र २ टनसम्म बोक्न सक्ने बताइएको छ ।

यसमा १४ इन्चको रिडियल टायर रहेको छ । यसको ग्राउण्ड क्लिरियन्स १७५ एमएमको रहेको । डिजिटल इन्स्टुमेन्ट कलस्टर रहेको छ । जुन यो सिग्मेन्टमा नै पहिलो हो ।स्ट्यरिङ पनि हल्का र नरम रहेको छ । भी२० को नेपाली बजारमा मूल्य २० लाख रुपैयाँ निर्धारण गरिएको छ ।

नेपालमा भी २० हाल नीलो रङमा मात्र उपलब्ध रहेको छ । कम्पनीका अनुसार अर्को वर्ष भी ३० पनि नेपालमा ल्याउने तयारी रहेको छ । भी३० अहिले भारतमा  उपलब्ध रहेको छ ।

वि.सं.२०७८ असोज २१ बिहीवार १८:३८ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...