back
NMB ad

बुद्धभुमि नेपालको आईपीओ बाँडफाँट: ७४ हजार ४ सयले पाए १०/१० कित्ता, कसरी हेर्ने नतिजा ?

Kumari bank ad

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीको आईपीओ प्रि–अलोटमेण्ट असोज २० गते नै सकिएकाले आज बिक्री प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा बिहान १०ः३० बजे बाँडफाँट भएको हो ।

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर हात पारेका छन् । बाँकी १९ लाख ५६ हजार ५ सय ५५ जनाको भने हात खाली भएको छ ।

कम्पनीको आईपीओमा २ अर्ब ६५ करोड ३१ लाख ४ हजार रुपैयाँको २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि २१ लाख ११ हजार ८१९ जनाले आवेदन दिएका थिए ।

कम्पनीले असोज ११ देखि प्रतिकित्ता एक सय रुपैयाँको दरले ८ करोड रुपैयाँको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

जसमा १६ हजार कित्ता कर्मचारी ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि छुट्याईएको थियो ।

यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । आइपीओमा न्यूनतम १० देखि अधिकतम ५० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।

1. (https://iporesult.cdsc.com.np/)

2. (https://www.civilcapitalmarket.com/)

3.  (https://buddhabhumihydro.com/)

4. https://iporesult.cdsc.com.np/

वि.सं.२०७८ असोज २२ शुक्रवार ११:४३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...