back
Mega Long Ad

निर्देशक सुदर्शन थापाले सुप्रियासँग कसे लगनगाँठो

काठमाडौं । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिएका छन् । गत २१ भदौमा इन्गेजमेन्ट गरेका सुदर्शन र सुप्रिया केही समयदेखि प्रेममा थिए । शुक्रबार उपत्यकाको एक ब्याङ्कवेटमा सुदर्शन र सुप्रियाले विवाह गरेका हुन् । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले सुप्रियासँग लगनगाँठो कसेका हुन् ।

सुदर्शनको विवाहमा पारिवारिक सदस्यबाहेक फिल्मकर्मी निकै कम उपस्थित छन् । निर्देशक दिनेश राउत, अभिनेत्री वर्षा शिवाकोटी, संगीतकार अर्जुन पोखरेल, मोडल राज कटवाललगायत सुदर्शनका नजिकका फिल्मकर्मीको मात्र उपस्थिति रहेको छ । यद्यपि फिल्मकर्मी आउने क्रम रहेको विवाहमा सहभागी एक कलाकारले बताए ।

सुदर्शनले विवाहको प्रीतिभोजको आयोजना भने शनिबार गरेका छन् । उनले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडौंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गरेका छन् ।

सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुन् भने सुप्रिया मोडल हुन् । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छन्।

न्युज कारखाना

वि.सं.२०७८ असोज २२ शुक्रवार १४:४६ मा प्रकाशित

You can share this post!

खानेपानी कार्यालय प्रमुखमाथि दुव्र्यवहार

खानेपानी कार्यालय प्रमुखमाथि दुव्र्यवहार

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १५:०४

जनकपुर । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहमाथि...

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जालको घोषणा

वि.सं.२०७८ कात्तिक ४ बिहीवार १४:५४

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ...

अनलाईन कक्षा पढ्दा पढ्दै मोबाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

अनलाईन कक्षा पढ्दा पढ्दै मोबाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

वि.सं.२०७८ कात्तिक ३ बुधवार १४:०६

एजेन्सी ।अनलाईन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोवाईल फोन...

झारफुकको बहानामा जबर्जस्ती करणी गर्ने पक्राउ

झारफुकको बहानामा जबर्जस्ती करणी गर्ने पक्राउ

वि.सं.२०७८ कात्तिक ३ बुधवार १२:४९

पाल्पा । पाल्पा सदरमुकाम तानसेन बजारमा झारफुक गर्ने बहानामा महिलालाई...

उत्तराखन्डमा बाढीको बितन्डाः ४६ को मृत्यु, दर्जनौं घर डुबानमा

उत्तराखन्डमा बाढीको बितन्डाः ४६ को मृत्यु, दर्जनौं घर डुबानमा

वि.सं.२०७८ कात्तिक ३ बुधवार १२:०८

एजेन्सी । भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा...

सुदूरपपश्चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प, सञ्चार र विद्युत सेवा अबरुद्ध

सुदूरपपश्चिमका ७ पहाडी जिल्लामा यातायात ठप्प, सञ्चार र विद्युत सेवा अबरुद्ध

वि.सं.२०७८ कात्तिक ३ बुधवार १२:०२

धनगढी । लगातारको बर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका...